रम्फू। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज रम्फूमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरे। निरीक्षणको क्रममा जिल्लापालले प्राथमिक चिकित्सा केन्द्रको पूर्वधार र स्थानीयहरूलाई उपलब्ध गराउँदै आइरहेको सुविधाबारे जानकारी लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। निरीक्षणको क्रममा रम्फूका महकुमा अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। जिल्लापालले निरीक्षणको क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको कार्यदेखि सन्तुष्ट व्यक्त गर्दै यसरी नै निरन्तर जनसेवामा समर्पित भएर काम गर्नु पर्ने आग्रह गरे।