होटल मालकिनमाथि प्राणघातक आक्रमण गर्ने कुक पक्राउ

360_F_309909963_zTQYCjUoXW8MvSg6zWnvntL9xI2FZ17O.webp

गान्तोक। सिङतामको होटल मालकिनमाथि सोही होटलका कुकले प्राणघातक आक्रमण गरेको घटना प्रकाशमा आएको छ। घटना क्रम अनुसार साङखोला ट्याक्सी स्टयाण्ड नजिक स़ञ्चालित प्रेम बार रेस्टुरेन्टकी मालकिनमाथि कुक चन्द्र बहादुर गुरूङले धारिलो हतियारले आक्रमण गरेको जानकारी प्राप्त भएको छ। उक्त होटलकी मालकिन सन्तानु रोयमाथि प्राणघातक आक्रमण गरेका थिए। उक्त घटना हिजो बेलुकी भएको जान्नमा आएको छ। घाइते मालकिनलाई उपचारको निम्ति नयाँ एसटीएनएम अस्पतालमा भर्ना गराइएको छ भने उनको अवस्था दयनीय रहेको पुलिसको भनाइ रहेको छ। यस घटनाको सूचना पाउनसाथ पुलिसले आरोपी गुरूङलाई पक्राउ गरेको र उनीविरूद्ध आइपीसीको धारा ३०७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement