
हिजोआज चीन आफ्नो घट्दो जन्मदरलाई लिएर निकै चिन्तित बनेको छ। यही कारणले गर्दा चीनमा घट्दो जनसङ्ख्यासँग जुध्न दिनप्रतिदिन नयाँ–नयाँ प्रणालीमा चलिरहेको छ। यससँगै सरकारका राजनीतिक सल्लाहकारहरूले पनि जन्मदर बढाउन धेरै सिफारिस गरेका छन्, किनभने यो चिन्ता पहिलेभन्दा झनै बढेको छ। जन्मदर बढाउन चीनमा धेरै योजनाहरु चलिरहेको भए पनि यसपटक धेरै कलेजहरुले पनि राष्ट्रिय सरोकारलाई सहयोग गर्ने अनौठो योजना ल्याइरहेका छन्। चीनका केही कलेजहरूमा प्रेमको खोजी पूरा गर्ने नाममा एक हप्ताको विशेष छुट्टी दिइएको छ। एनबीसी न्यूजको रिपोर्टअनुसार, फ्यान मेई एजुकेशन ग्रुपद्वारा सञ्चालित नौ कलेजहरू मध्ये एक मियायाङ फ्लाइङ वोकेशनल कलेजले पहिलो पटक २१ मार्चमा रोमान्समा विशेष ध्यान केन्द्रित गरी वसन्त विश्रामको घोषणा गरेको थियो। त्यसैगरी अन्य कलेजहरुले पनि १ अप्रेलदेखि ७ अप्रेलसम्म बिदा दिने निर्णय गरेको छ।
मियाङ फ्लाइङ भोकेशनल कलेजका डेपुटी डीन लियाङ गुओहुईले एक विज्ञप्तिमा भनेका छन्, ‘विद्यार्थीहरूले हरियो पानी र हरिया हिमाल हेर्न गएर वसन्तको सास फेर्न सक्नेछन् भन्ने मलाई आशा छ। यसले विद्यार्थीहरूको भावनाको विकास मात्र गर्दैन, उनीहरूमा प्रकृतिप्रतिको प्रेम पनि जगाउनेछ। यसका साथसाथै कक्षाकोठामा फर्किँदा उनीहरूको शैक्षिक क्षमतालाई थप समृद्ध र गहिरो बनाउनेछ। यसैबीच, कलेजहरूले यी बिदाहरूमा विद्यार्थीहरूलाई गृहकार्य पनि दिएका छन्। साथै बिदाको समयमा विद्यार्थीले आफ्नो अनुभव र काम डायरीमा लेख्नुपर्ने निर्देशन पनि सबै विद्यार्थीलाई दिइएको छ। व्यक्तिगत वृद्धि ट्र्याक गर्ने र यात्रामा भिडियोहरू बनाउने पनि समावेश छ। प्रतिवेदनका अनुसार सरकारको निर्देशनमा कलेज प्रशासनको यस्तो प्रयास जन्मदर बढाउने उपाय खोजेर प्रेरित भएको हो।
चीन सरकारले जन्मदर बढाउन २० भन्दा बढी सिफारिसहरू ल्याएको छ। यस विषयमा विज्ञहरूको राय भए पनि यसले जनसंख्याको गिरावटलाई सुस्त बनाउन सक्छ। चीनले सन् १९८० देखि २०१५ को बीचमा लागू भएको एक सन्तान नीतिको साथ ठूलो मात्रामा जनसङ्ख्या नियन्त्रणमा ध्यान केन्द्रित गरेको छ। यसैबीच घट्दो जनसङ्ख्याका कारण ब्याकफुटमा आएको सरकारको निर्देशनमा सरकारले सन् २०२१ मा सबैभन्दा बढी तीन सन्तान पु¥याए पनि यसबीचमा धेरैका कारण सन्तान जन्माउन हिचकिचाइरहेको छ।