१५ प्रतिशत रोज वृद्धिको एनबीटीपीईयूद्वारा विरोध

e09125fa-f619-4da7-ac12-b7ec5d5038ff

कालचिनी – नर्थबेङ्गल टी प्लान्टेशन एम्प्लोइज युनियनका महासचिव अभिजित रायले आज मुख्यमन्त्रीले चिया मजदुरहरूको लागि १५% ज्याला वृद्धि गर्ने घोषणाको विरोध गरेका छन्। एउटा लिखित प्रेस विज्ञप्ति मार्फत आज तिनले चिया उद्योगमा न्युनतम (रोज) पारिश्रमिक दिनुपर्ने माग विगत सात बर्षदेखि विभिन्न ट्रेड यूनियनहरूले गर्दै आएको र सन २०१५ को फरवरीमा भएको त्रिपक्षीय सम्झौता (जुन अप्रिल २०१४ मा लागू भएको थियो) अनुसार ढिलो भइसकेको भए पनि २०१७ को शुरुवातमा न्यूनतम पारिश्रमिकलाई टुङ्गो लाग्नुपर्ने थियो तर आजसम्म पनि यो विषय टुङ्गो नलाग्नु दुःखको विषय रहेको जनाएका छन्।  यसैबीच आज राज्य सरकारले अन्तरिम पारिश्रमिकमा एकतर्फी, स्वेच्छाचारी र भेदभावपूर्ण वृद्धिको घोषणाले चिया उद्योगको पारिश्रमिकमा अराजकता सिर्जना गरेको बताएका छन्। तलबभत्ता संशोधन हुन नसक्दा मासिक तलब पाउने कर्मचारीको ठूलो हिस्साको मासिक बृद्धि रोकिएको छ भने सबै तहका कर्मचारीले हरेक महिना ठूलो नोक्सानी बेहोर्नु परिरहेको स्थितिमा तोकिएको समयभित्र न्यूनतम पारिश्रमिक घोषणा गर्ने लिखित र आधिकारिक प्रतिवद्धतालाई ध्यानमा राखी अल्पकालीन पारिश्रमिक/भुक्तानी वृद्धि सम्झौतामा जान सहमत भएका थियौँ  र यस सम्बन्धमा विगत दुई महिनामा दुईवटा त्रिपक्षीय बैठक बसेका थियौँ।

गत २ जुन दिनको बैठकमा श्रम सचिवले १० दिनभित्र पुनः बैठक बोलाएर श्रममन्त्रीको उपस्थितिमा यस विषयमा टुङ्गो लगाउने वाचा गरेका थिए र यतिबेला वार्ताको प्रक्रिया चलिरहेको बेला मुख्यमन्त्रीको आकस्मिक घोषणाले हामीलाई अचम्ममा पारेको छ भन्दै १५ प्रतिशत तलब वृद्धिको यो घोषणा अगणतान्त्रिक र अन्यायपूर्ण भएको र यस घोषणाको कुनै आधार वा तर्क नरहेकोले यसको घोर विरोध जनाएका छन्। यस सन्दर्भमा अविलम्ब श्रम सचिवले वाचा बमोजिम समस्याको स्वीकार्य समाधान खोज्न त्रिपक्षीय बैठक बोलाउन माग गरेको पनि नर्थबेङ्गल टी प्लान्टेशन एम्प्लोइज यूनियनको महासचिव अभिजीत रायले जनाएका छन।

About Author

Advertisement