गान्तोक। आजादीका अमृत महोत्सव अन्तर्गत राज्यका विभिन्न व्याङ्कले गत ६ जूनदेखि १२ जूनसम्म आइकोनिक विक पालन गर्दै आइरहेको छ। यसै क्रममा आज सिस्को व्याङ्कले नाम्चीमा उक्त कार्यक्रम आयोजना गऱ्यो। यस अवसरमा मुख्य अतिथिकोरूपमा वाणिज्य एवम उद्योग विभागका अध्यक्ष एमबी छेत्री रहेका थिए भने विशिष्ट अतिथिहरूमा रिजर्ब व्याङ्क अफ् इन्डिया (आरबीआई)का प्रवन्धक सुवास लोहागुन लगायय विभिन्न व्याङ्कका प्रतिनिहरू सामेल रहेका थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एम.बी. क्षेत्रीले यस महान् राष्ट्रको नेतृत्व गर्ने र बलिदानबाट स्वतन्त्रता ल्याउने राष्ट्रिय नेताहरूले गरेको योगदानको स्मरण गरे। उनले देश र राज्यको विकासका लागि सबैको समान दायित्व रहेको बताए। उनले राष्ट्रको विकास र समृद्धिका लागि इमान्दारिताका साथ काम गर्न सबैलाई आग्रह गरे। मुख्य अतिथि छेत्रीले राज्य सरकारले उपलब्ध गराएको सीप विकास परियोजना मार्फत राज्यका बेरोजगार जनताको उन्नतिमा केन्द्रित हुने साथै राज्य सरकारले लागू गरेका योजनाबारेमा पनि जानकारी दिए। यसै क्रममा आरबीआईका प्रबन्धक सुवास लोहागुनले आफ्नो सम्बोधनमा डिजिटलाइजेसनको युगमा व्याङकिङ क्षेत्रको विकास र विस्तारबारे प्रकाश पारे। उनले समग्र गुणस्तरीय सेवा प्रदान गर्न र ग्राहकमैत्री स्थानमा रुपान्तरण गर्न व्याङकिङ क्षेत्र द्रुत गतिमा सुधार भइरहेको बताए। यसका साथै उनले विभिन्न व्याङकिङ सेवाहरू जस्तै अनलाइन व्याङकिङ, र अन्य मोबाइल सेवाहरू प्रयोग गरी ग्राहकहरूले प्राप्त गर्न सक्ने डिजिटल विधिहरूको बारेमा पनि अवगत गराए।