आईपीएल २०२३: पञ्जाब किंग्स ५ रनले विजयी

IMG-20230406-WA0009.jpg

इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ को म्याचमा पञ्जाब किंग्सले गत सीजनको उपविजेता राजस्थान रोयल्सलाई ५ रनले पराजित गऱ्यो। गुवाहटीको बासपारा क्रिकेट स्टेडियममा बुधवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनायो। कप्तान शिखर धवनले ९ वटा चौका र ३ वटा छक्काको साथ ५६ बलमा अविजित ८६ रन बनाए। यसबाहेक उनका साथी ओपनर प्रभशिमरन सिंहले ३४ बलमा ७ वटा चौका र ३ वटा छक्काको साथ ६० रन बनाए। यी दुई बाहेक जितेश शर्माले २७ रनको योगदान दिए। राजस्थानका बलरहरूमा जेसन होल्डरले २ विकेट लिए। जवाफमा राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो।

कप्तान सञ्जु सेमसनले २५ बलमा ५ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ४२ रन बनाए। यसबाहेक शिमरन हेटमायरले ३६, इम्प्याक्ट प्लेयरको रूपमा खेल्न ओर्लिने ध्रुव जुरेलले अविजित ३२ र देवदत्त पडीक्कलले २१ रन बनाए। पञ्जाबका बलरहरूमा न्याथन एलिसले ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement