भेटिकनका राजदूत आर्चबिशप लियोपोल्डो गिरेली सिक्किम भ्रमणमा

IMG-20230405-WA0228.jpg

गान्तोक: सिक्किम भ्रमणमा आएका भारत र नेपालका निम्ति भेटिकनका राजदूत आर्चबिशप लियोपोल्डो गिरेली आज बागडोग्रा विमानस्थलमा अवतरण गरे। उनी आफ्नो प्रेरितिक (अपोस्टोलिक) कर्तव्यहरूको लागि अप्रिल ५ देखि ९ अप्रेलसम्म पाँच दिनको लागि सिक्किम भ्रमणमा आएका हुन्।

सिक्किम भ्रमणको क्रममा भेटिकनका राजदूतले दक्षिण सिक्किमको नाम्चीको यात्रा गरेर सिक्किमका सबै पुजारी र धर्मका लागि पवित्र मास सञ्चालन गर्नेछन्। यसरी नै उनको सोरेङ, गान्तोक र पाक्योङ जिल्लाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

आज बागडुग्रा हवाइअड्डामा अवतरण गर्दा राजदूतलाई स्वागत जनाउन विधायक जीटी ढुङ्गेल उपस्थित थिए। उनको साथमा विशप स्टेफन लेप्चा अनि अन्यको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement