गान्तोक। गाउँमा राज्यपाल कार्यक्रम अन्तर्गत राज्यका राज्यपाल गंगा प्रसादले नामराङ ग्राम पञ्चायत यूनिटको केही दिन अघि भ्रमण गरेका थिए। भ्रमणको क्रममा राज्यपालले त्यहाँका मानिसहरूसँग विभिन्न विकासका कार्यहरूमाथि चर्चा परिचर्चा गरेको जानकारी गराइएको छ। विशेष गरेर उक्त गाउँको मनोकामना झरनाको सुन्दरीकरणको साथै विद्यालयलाई सहयोगस्वरूप तीन-तीन लाख रूपियाँ प्रदान गर्ने घोषणा गरेका थिए।

राज्यपालले आफ्नो बचन पुरा गर्दै आज सम्वन्धित विभागका अधिकारीहरूलाई चेक प्रदान गरे। स्मरण रहोस,राज्यपालले दुर्गम क्षेत्रको भ्रमण गर्दै त्यहाँको समस्या समाधान हेतु विभिन्न प्रकारले सहयोग प्रदान गर्दै आइरहेका छन्।