मिरिक तहसिलमा बीस जना जिज्ञासुलाई ज्ञानोपदेश

IMG-20230405-WA0227.jpg

मिरिक: आज मानव उत्थान सेवा समिति, मिरिक तहसिलको तत्त्वावधानमा परम आराध्या माता जगज्जननी राजेश्वरी देवीको जन्म जयन्ती ६ अप्रेल मातृदिवसको अवसरमा यहाँको हंस वेला मन्दिरमा दीर्घ दिनदेखि सत्संग सुन्दै आइरहेका २० जना जिज्ञासुहरूलाई तहसिल प्रमुख महात्मा देविका बाईजी अनि सहयोगी विशाखा बाईजीले आत्मज्ञानको क्रियात्मक साधना अवगत गराउँदै दीक्षित गरे। आज दीक्षित हुनेहरूमा १२ महिला अनि ८ जना पुरुष जिज्ञासुहरू थिए। अध्यात्मको मार्गमा राजयोगको क्रियात्मक साधनाको महत्वपूर्ण स्थान छ। आत्मज्ञानको क्रियात्मक साधनाले मानव जीवनमा अभूतपूर्व आध्यात्मिक अनुभवको प्राप्ती हुँदछ जीवनमा स्वतः चमत्कारिक परिवर्तन हुने गर्छ। ईश्वर अनुभूतिको निम्ति यो सहज र सरल मार्ग हो। मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको छत्रछायाँमा आज सारा विश्वभरि नै यो ज्ञानलाई जान्न चाहनेहरूले उपदेश लिएर आफ्नो जीवनलाई अध्यात्मको मार्गमा लगाइरहेका छन्। आजको दीक्षादानको कार्यक्रममा माउसेसका सूचना तथा प्रसार सचिव माधव बुढाथोकी, तहसिल सचिव संजीव भण्डारी, वरिष्ठ कार्यकर्त्ता अविन निरोला, नागरी शाखा अध्यक्ष अशोक छेत्री नेपाल मानव धर्म सेवा समितिका जयराम राईको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रम विहान ७ बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement