गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेम सिंह तामाङले हिमपातमा परि घाइते बनेकाहरूसँग भेट गरे। उल्लेख्नीय छ, हिजो छाङ्गुस्थित १५ माइलमा हिमपातको कारण ७ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते बनेका थिए। घाइतेहरूलाई उपचारको निम्ति नयाँ एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो, जस मध्ये ९ जना उपचारपछि घर फर्किएका छन् भने रहल ४ जना अहिले पनि उपचारधीन रहेका छन्। यसै क्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेम सिंह तामाङले ४ अप्रेलको राती घाइतेहरूसँग अस्पतालमा भेट गरे। भेटको क्रममा राज्य सरकारले उपचारको निम्ति सम्पूर्ण खर्च व्योहोर्ने मुख्यमन्त्री तामाङले बचन दिए। उनले जानकारी गराए अनुसार अहिलेसम्म ७ जनाको हिँउले पुरिएर मृत्यु भइसकेको छ, जसमा एक जना ६ वर्षीय वालिका पनि सामेल रहेका छन्। यस घटनालाई लिएर उद्दारटोली हिजोदेखि नै उद्दार कार्यमा खटिएका छन् भने आजदेखि एनडीआरएफ टोलीले पनि उद्दार कार्य शुरू गरेको छ। यस घटनालाई लिएर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले केन्द्रीय नेताहरूसँग पनि सम्पर्क गरिसकेको जानकारी गराए।