हनुमान जयन्तीको शुभकामना दिए सिक्किमका राज्यपालले सिक्किमवासीलाई

photocollage_2023323222050260.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हनुमान जयन्तीको शुभ अवसरमा सबैलाई न्यानो अभिवादन एवं शुभकामना व्यक्त गरेका छन्। उनले हनुमान जयन्ती विश्वभरका हिन्दूहरूको लागि ठूलो महत्त्वको दिन हो, किनकि यो भगवान हनुमानको जन्मजयन्ती हो, जसलाई आफ्नो शक्ति, भक्ति र निष्ठाको लागि सम्मान जनाइन्छ भनी बताएका छन् ।राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, भगवान हनुमान साहस, बुद्धि र दृढ संकल्पका प्रतीक हुन्। उहाँका जीवन र शिक्षाहरू लाखौं मानिसहरूका लागि प्रेरणा हुन्, जसले हामीलाई सधै उत्कृष्टताका लागि प्रयास गर्न र अटल विश्वासका साथ अवरोधहरू पार गर्न स्मरण गराइरहन्छ। उनले सबैलाई भगवान हनुमानको शिक्षा र उहाँको प्रेम, करुणा र सेवाको सन्देशलाई चिन्तन गर्न समय निकालौं भनी बताएका छन्। नम्रता, निस्वार्थता र भक्तिको महत्त्व जस्ता उहाँको जीवनबाट हामीले सिक्न सक्ने बहुमूल्य पाठहरू पनि सम्झौं भनी उनले सन्देशमा बताएका छन्।हनुमान जयन्तीले सबैमा शान्ति, समृद्धि र खुशी लिएर आओस् भनी राज्यपालले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement