कोलकाता नगर निगमको मिड डे मील परियोजनामा पनि धांधली

mid-day-meal.jpg

कोलकाता: पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचारलाई लिएर मचेको हंगामाबीच कोलकाता नगर निगमको मिड डे मिल योजनामा धांधलीको खुलासा भएको छ। निगमको अडिट रिपोर्ट अघि आएको छ, जसमा मिड-डे मील परियोजनामा लाखौं रूपियाँको भ्रष्टाचार भएको उजागर भईरहेछ।
३० मार्चको दिन प्रकाशित अडिट रिपोर्ट अनुसार, वित्त वर्ष २०१८-१९ र२०१९-२० मा मिड डे मील परियोजनामा सामेल निजी संस्थाहरूलाई अतिरिक्त ९३ लाख ६२ हजार ५४८ रूपियाँको आवंटन गरिएको छ। सीनियर अडिटर अफिसरले यसैलाई लिएर प्रश्न चिह्न खड़ा गर्दै आफ्नो रिपोर्टमा लेखेका छन्, यो जुन अतिरिक्त रूपियाँ छ, त्यो कुन आधारमा दिइएको हो? नगर निगमको शिक्षा विभागबाट यस सम्बन्धमा रिपोर्ट पनि मागिएको छ।
२०१९ को रिपोर्ट अनुसार, कोलकाता नगर निगम अन्तर्गत २५३ प्राथमिक विद्यालय छन्, जबकि ८१ शिशु शिक्षा केन्द्र छन्, जहाँ मिड डे मीलको आवंटन हुन्छ। यी स्कूलहरूमा मिड डे मील बनाउनदेखि लिएर भोजन बाँड्नसम्मको जिम्मा निजी संस्थानहरूलाई सुम्पिएको छ। २०१८-१९ को रिपोर्ट अनुसार, मिडे डे मील परियोजनामा ७४ लाख ३६ हजार २३० रूपियाँ खर्चा हुनुथियो तर त्यहाँ खर्चामा एक करोड़ ३१ लाख १८ हजार ६८रूपियाँ देखाइएको छ। त्यसै गरी वित्त वर्ष २०१९-२०मा यी स्कूलहरूमा मिडे डे मीलको निम्ति ७६ लाख ७५३६३रूपियाँ खर्चा गरिने कुरा छ तर एक करोड़ १३ लाख ६५ हजार १३ रूपियाँको खर्चा देखाइएको छ। यसैलाई लिएर प्रश्न चिह्न खड़ा भईरहेछ। जुन अतिरिक्त राशि रिपोर्टमा दिइएको छ, त्यसलाई लिएर जाँचको माग गरिन्दैछ।
यसबारे भाजपा पार्षद सजल घोषले मामिलाको जाँचको माग गर्दै भनेका छन्, निष्पक्ष जाँच भए निश्चित रूपमा ठूलो भ्रष्टाचार उजागर हुनेछ। कोलकाता नगर निगम राज्यको सबैभन्दा भ्रष्ट नगर निकायहरूमध्ये एक हो यसमा आवंटित राशिको ठूलो हिस्सा मानिसहरूको गोजीमा गईरहेछ। वर्तमानमा फिराद हकीम कोलकाता नगर निगमका मेयर हुन् र राज्यका क्याबिनेट मन्त्री पनि हुन्। यस सम्बन्धमा उनलाई धेरै पल्ट फोन गरियो तर जवाफ आएन। रूमाना खातून नगर निगममा इन्स्टीट्यूट अफ अर्बन म्यानेजमेन्टका मेनेजर पदमा छन्। मिड डे मीलको देखरेख उनकै जिम्मा हो। यस सम्बन्धमा उनीसित पनि सम्पर्क गर्ने प्रयास गरियो तर उनले न त फोन उठाइन् न त एसएमएस वा व्हाट्सएप मेसेजको जवाफ दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement