हाईकोर्टको सख्तीपछि तत्काल जेलबाट ल्याएर पेश गरिए माणिक भट्टाचार्य

55678ff98dd36b515057dbe8632d94bf1661345093568484_original.jpg

कोलकाता: पश्चिम बंगालको शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यलाई हाईकोर्टको सख्तीपछि आज नै कोर्टमा पेश गरिएको थियो।
न्यायमूर्ति अभिजीत गांगुलीले दिउँसो लगभग एक बजी उनलाई तीन बजी अघि कोर्टमा ल्याएर पेश गरिने आदेश दिएका थिए। यसपछि तुरन्तै प्रेसीडेन्सी जेल प्रबन्धन यसलाई लिएर सक्रिय भयो औं कोलकाता पुलिसको कड़ा सुरक्षाबीच तीन बजी पश्च्यात् उनलाई ल्याएर कोर्टमा पेश गरिएको छ। माणिक भट्टाचार्यले आफ्नो अनुहारमा मास्क लगाएका थिए र सेतो शर्ट र कालो ट्राउजर लगाएका थिए। मीडिया कर्मीले उनीसित लगातार प्रश्न सोधिरहे तर चारैतिरबाट पुलिसकर्मीहरूले घेरिएका माणिक एक शब्द नबोली कोर्टभित्र पसे।वर्ष २०१६ मा भएको प्राथमिक शिक्षा पात्रता परीक्षा (टेट) मा व्यापक स्तरमा धांधली, उत्तर पुस्तिकासित छेड़छाड़ र परीक्षार्थीहरूले बारम्बार आवेदन गरेपनि उनीहरूलाई उनीहरूको नम्बरसित सम्बन्धित जानकारी नदिइनुलाई लिएर बुधवार कोर्टमा सुनवाई भईरहेको थियो। यही अवधिमा न्यायाधीशले भने, प्राथमिक शिक्षा परिषदका तत्कालीन अध्यक्ष माणिक भट्टाचार्यलाई आज नै मेरो कोर्टमा पेश गरियोस्। उनीसित सोधपुछ हुनेछ। उनले जेल प्रबन्धनलाई तत्काल निर्देशित गरे,जसपछि माणिकलाई ल्याएर पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement