टर्की भूकम्प: ५४ दिनपछि नवजात बालक र आमालाई मिलन

00-1-Turkey-Earthquake-Newborn-baby

फरवरीमा टर्कीमा विनाशकारी भूकम्प गएको थियो। ७.८ रेक्टर स्केलको यस शक्तिशाली भूकम्पमा परेर हजारौं मानिसहरूले ज्यान गुमाएका थिए। केही सातासम्म भग्नावशेषबाट शव बाहिर निस्किराखेका थिए। सोही भग्नावशेषबाट एक बालकलाई पनि जिउँदै निकालिएको थियो, जो त्यतिबेला मात्र दुई महिनाका थिए। अचम्मको कुरा यस्तो थियो, यी बालक १२८ घण्टासम्म भग्नावशेषमा दबिएका थिए। उनलाई भग्नावशेषबाट बाहिर निकालिएको थियो, तर बालककी आमा भूकम्पबाट बाँच्न नसकेको अनुमान गरिएको थियो। तर ५४ दिनपछि उनले आमालाई भेट्न पाए।

भूकम्पमा विछोडिएका आमा छोराले ५४ दिनपछि भेट्नु सपनाभन्दा कम छैन। युक्रेनको आन्तरिक मन्त्रालयमा कार्यरत एन्टोन गेरास्चेन्कोले यो भावनात्मक खबर सार्वजनिक गरेका छन्। टर्कीको एक वेबसाइटका अनुसार यस बालककी आमाको फरक अस्पतालमा उपचार भइरहेको थियो, तर डीएनए परीक्षणपछि ५४ दिनपछि आमा छोराको मिलन सम्भव भयो। ‘टर्कीमा गएको भूकम्पपछि १२८ घण्टा भग्नावशेष बिताएका बालकको तस्वीर सबैलाई थाहा होला’, उनले ट्वीट गरेका छन् ‘शुरुमा भूकम्पमा बालककी आमाको मृत्यु भएको बताइएको थियो। तर पछि आमा जिउँदै रहेकी थाहा लाग्यो। उनको अर्कै अस्पतालमा उपचार भइरहेको थियो। ५४ दिन बिछोड र डीएनए परिक्षणपछि आमा छोराको पुनर्मिलन भएको छ।’

यी आमा छोराले ५४ दिनपछि एकअर्कालाई भेटेको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि इन्टरनेट प्रयोगकर्ताहरु उत्साहित भई आफ्नो प्रतिक्रिया दिइरहेका छन्। एक इन्टरनेट प्रयोगकर्ता भन्छन्, ‘यो धेरै राम्रो समाचार हो। जसका कारण प्रकृतिप्रतिको आस्था झनै बढेको छl’ टर्कीका परिवार र सामाजिक मामिला मन्त्री डेरिया यानिकले पनि आमा र छोराको मिलनको यो मन छुने भिडियो आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी छिन्। भिडियो शेयर गर्दै उनले ५४ दिनको दुरी अब सकिएको बताइन्। भूकम्प गएको १२८ घण्टापछि भटिन बेगदासमा भग्नावशेषबाट बालकलाई निकालिएको हो। हाम्रा नर्सहरूले यस बालकको नाम गिजेम बेबेब राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement