कालचिनीः पश्चिम बंगाल राज्य विद्युत विकास निगम लिमिटेड (डब्ल्युवीएसईडीसीएल) अलिपुरद्वार क्षेत्रीय प्रबन्धक समक्ष बुधबार पश्चिम बंगाल राज्य विद्युत कन्ट्र्याक्टर्स एसोसिएशनद्वारा ५ सुत्रीय दाबी समेटेको ज्ञापन सुम्पियो।
विद्युत विकास निगमद्वारा जारी आरडीएसएसमा कार्यरत प्रायः ५ सय भन्दा अधिक विद्युत कन्ट्र्याक्टर्सलाई नसमेटेको र पछिल्लो आरडीएसएस टेन्डरमा ठीकादारहरू वञ्चित हुन परेकोले पश्चिम बंगाल राज्य विद्युत निगम लिमिटेड अधीनस्थ रहेको ठीकादारहरू मर्कामा परेका बताएका छन्। समयमा चाहे जति बिल भुगतान नगरेको औ विभागीय कामको खबर ठीकादारहरूले नपाएको गुनासो गर्दै बुधबार वेस्ट बेङ्गल स्टेट इलेक्ट्रिकल कन्ट्र्याक्टर्स एसोसिएशन अलिपुरद्वार जिल्ला क्षेत्रीय समितिद्वारा उक्त ज्ञापन चढ़ाएको ठीकादार एसोसिएशनको पक्षबाट प्रदिप प्रधानले जनाएका छन्।
ज्ञापन सम्बन्धमा वेस्ट बेङ्गल स्टेट इलेक्ट्रिकल कन्ट्र्याक्टर्स एसोसिएशनका उत्तरबंगाल नेता प्रदिप प्रधानले वर्तमानमा डब्ल्यूबीएसईडीसीएलले बाहिरको ठूला ठीकादारहरूलाई टेन्डर दिइरहेको र आफूहरू यत्रो दिनदेखि डिपार्टमेन्टको काम गर्दै आईरहँदा पनि टेन्डरबाट वञ्चित गराएकोले आफूहरूसित रहेको ठीकाको कर्मचारीहरूलाई पालन पोषण गर्न परिरहेकोले अब यसको विरुद्ध वेस्ट बेङ्गल स्टेट इलेक्ट्रिकल कन्ट्र्याक्टर्स एसोसिएशनले आन्दोलनको रुपरेखा तयार पारे बमोजिम आज डुवर्सकन्यामा डब्ल्यूबीएसईडीसीएलको रिजनल म्यानेजर समक्ष ज्ञापन सुम्पिने काम गरिएको बताएका छन्।
आगामी दिनमा उत्तरबंगालभरी नै आफूहरू विभागीय अधिकारी समक्ष यसरी नै ज्ञापन आन्दोलनमा जाने प्रदिप प्रधानले थप जनाएका छन्।