टीसीबीएसयूको आयोजनामा गेटसभा पालन

d29eea48-2444-490a-abea-3e99c5dc26ac

कालचिनीः तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको आयोजनामा बुधबार डुनर्सको सम्पूर्ण चियाबारीमा गेटसभा पालन गर्ने क्रममा कालचिनी खण्डको राजाभात अनि भातखावा चियाबारीमा प्रायः एक घन्टाको गेटसभा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकको उपस्थितिमा सम्पन्न भयो।
उक्त गेटसभामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले राज्य सरकारको विकासमूलक कामहरुको वर्णन राख्दै चियाश्रमिकको हितमा राज्य सरकारले काम गर्दै आईरहेको र चियाश्रमिकहरूको ईएसआईमा बढ़ोत्तरी साथै श्रमिकहरूको जीर्ण घरको मरम्मती एवम् साइकल भत्ता साथै कमान अस्पतालमा डाक्टर र नर्सहरूको आपूर्ति गरीनु पर्ने लगायत प्रायः १६ वटा दाबीहरूलाई लिएर श्रमिकहरूलाई आह्वान गरेको थियो। आगामी दिनमा यदि श्रमिकहरूको दाबी पुरा नभए टीसीबीएसयूले ठूलो आन्दोलन गर्ने चेताउनी समेत दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement