चौथौ चरणको दैलोमा सरकार शिविर सम्पन्न

170c927c-4ca3-45a3-81af-eac8b0da6eb2

कालचिनीः गत १ अप्रेलको दिनदेखि शुरु भएको दैलोमा सरकार शिविरको चौथो चरणको शिविर बुधबार कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायत क्षेत्रको विभिन्न संसदहरुमा सम्पन्न भयो। जनसाधारणलाई राज्य सरकारको लाभकारी योजना औ सुविधाहरु सङ्घारमा पुऱ्याउने उद्देश्य लिएर राज्य सरकारको निर्देशमा यो शिविर सम्पन्न भईरहेको र आगामी २० अप्रेलसम्म चल्ने कालचिनी ब्लक प्रशाशन सुत्रले जनाएका छन।बुधबार यसै क्रममा चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत मेचपाड़ा ८ नम्बर स्थित मजदुर क्लबमा विहान १० बजीदेखि दैलोमा सरकार शिविर सम्पन्न भएको थियो। शिविरमा गाउँलेहरुले लक्ष्मी भण्डार, कन्याश्री, रुपश्री, एससी एसटी ओबीसी प्रमाणपत्र, खाद्य साथी, स्वास्थ्य साथी आदि सरकारी योजनाको आवेदन गरेको थियो।
यता सङ्ग्रहित फारमहरुलाई सबै बीडीओ कार्यालयमा लगेर जाँच गरे पश्चात तयार प्रमाणपत्र एवम् सम्बन्धित लाभार्थीहरुलाई वितरण गरीने बीडीओ सुत्रले जनाएका छन।
मंगलाबार मेचपाड़ा ८ नम्बरमा सम्पन्न दैलोमा सरकार शिविरमा स्थानीय ग्राम पञ्चायत सदस्य सरिफ लामा र नीला लामा लगायत चुवापाड़ा ग्राम पञ्चायत प्रधान भगवती उराँव, उपप्रधान राजेन लामा, चुवापाड़ा ग्राम पञ्चायत सचिव सरोजीत दास, सहायक प्रदीप्त चक्रवर्ती एवम् अन्यान्यको प्रमुख उपस्थिति रहेको थियो। शिविर सफल भएको दाबी गर्दै अधिक भन्दा अधिक जनसाधारणको सुविधालाई ध्यानमा राखेर गरेको कार्यले अवश्यै लाभार्थीहरु लाभान्वित हुने चुवापाड़ा ग्राम पञ्चायत प्रधान भगवती उराँवले थप बताएकी छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement