सोरेङः गत ३१ मार्चदेखि शुरु भएको चुम्बुङ बुदाङ निम्न उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह आज समाप्त भयो। यस समापन कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका भवन तथा आवास विभाग मन्त्री सञ्जित खरेल रहेका थिए। कार्यक्रममा क्षेत्र विधायक एवं स्वर्ण जयन्ती समारोहका मुख्य संरक्षक अदित्य गोले, मन्त्री एमएन शेर्पा, मन्त्री भीमहाङ सुब्बा, विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, अध्यक्ष विनोद बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्य अतिथि मन्त्री खरेलले अन्य मन्त्रीहरूको उपस्थितिमा चुम्बुङ बुदाङ विद्यालयको नवनिर्मित भवनको विधिवतरूपमा उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले यो विद्यालयको स्थापनाको ५० वर्ष पूरा गरेकोमा विद्यालय परिवावरलाई बधाई एवं शुभकामना दिँदै यस विद्यालयलाई सेवा पुऱ्याउने दिवांगत आत्माहरूलाई पनि नमन गरे। मानव जीवनमा विद्यार्थी जीवन सबैभन्दा बहुमूल्य समय रहेको बताउँदै मन्त्री खरेलले यो समयको भरपुर सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरे।वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा सरकारले शिक्षा क्षेत्रलाई अतिनै महत्व दिएर काम गरिरहेको उनले जानकारी गराए। उनले कम बोल्ने धेरै काम गर्ने मुख्यमन्त्री सिक्किमले पाएकोमा खुशी साथै सबैले यस विषयमा गर्व गर्नुपर्ने बताए।आजको कार्यक्रमलाई क्षेत्र विधायक आदित्य गोलेले पनि सम्बोधन गरेका थिए। आज भलिबल प्रतिय़ोगिताको फाइनल खेल पनि सम्पन्न भयो, जसमा बुदाङ क्लबले दरामदीन क्लबलाई परास्त गर्दै ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो।