दुई दिवसीय वैशाखी पर्वको तयारी युद्धस्तरमा

Untitled-1-copy-10

नाम्चीः नाम्चीमा आगामी १४ र १५ अप्रेल दुई दिनव्यापी राज्यस्तरीय वैशाखी पर्व भव्यरूपमा पालन गरिने भएकाे छ। मुख्यमन्त्री पीएस तामाङकाे निर्देशन र सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी कल्याण संघकाे पहलमा नाम्ची साँस्कृतिक मञ्चले यस दुई दिनव्यापी कार्यक्रमकाे आयाेजना गर्ने भएकाे हाे। यस कार्यक्रमलाई सफल बनाउन पण्डाल, स्टल आदिकाे निर्माण कार्य युद्धस्तरमा चलिरहेकाे छ। उल्लेखनीय छ, यस कार्यक्रमकाे मुख्य आकर्षण सिक्किमका विभिन्न जातिका साँस्कृतिक नृत्य, प्रदर्शन अनि बिक्री, जातीय खानपानका स्टलहरू, विभिन्न प्रजातिका फुलहरूको प्रदर्शन एवं बिक्री, विभिन्न एसएचजीका स्टलहरू आदि रहेका छन्।

यस विषयलाई लिएर महकुमा अधिकारी (प्रमुख कार्यालय) चिरण रिजालले जिल्ला प्रशासन केन्द्रकाे पक्षबाट आज आयाेजक समितिका पदाधिकारीहरूसँग भेटघाट गरे। यस अवसरमा एउटा सभा पनि आयाेजना गरिएकाे थियाे। सभामा विभिन्न उपसमितिका प्रभारीहरूले महकुमा अधिकारीलाई वैशाखी पर्वलाई सफल बनाउन के-कस्ता कार्यहरू भइरहेकाे छ, त्यस विषयमा जानकारी गराए। यस क्रममा कुरा राख्दै आयाेजक समितिका संरक्षक सतिशचन्द्र राईले नेपाली जातिकाे नयाँ वर्ष वैशाखी पर्व भव्यरूपमा पालन गर्नुकाे मुख्य उद्देश्य नव पीढिलाई आफ्नाे जातिय सँस्कृति, परम्परा, रीति-थिति आदि कुराहरू बुझाएर यी कुराहरूकाे विकास र संरक्षण गर्नु रहेकाे बताए। सभामा आयाेजक समितिका अध्यक्ष पीके राई, प्रमुख सल्लाहकार एसजे लेप्चा आदिकाे उपस्थिति रहेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement