सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको सुरक्षा व्यवस्थालाई अझ कठोर पार्दै विश्वविद्यालयको प्रशासनले विश्वविद्यालयमा २४० वटा सीसीटीभी क्यामेरा साथै फ्री वाई फाई लगाएको छ। उपकुलपति ओमप्रकाश मिश्राले आज विश्वविद्यालयमा उक्त सीसीटीभी क्यामेरा अनि फ्री वाई-फाई सिस्टमको उद्घाटन गरे। हालसम्म होस्टल अनि प्रशासनिक भवनहरूमा मात्र सीसीटीभी क्यामेरा लगाइको थियो भने अब सम्पूर्ण विश्वविद्यालय इलाकामा नै सीसीटीभी क्यामेरा लगाइएको छ। यसवाहेक, विश्वविद्यालयका विद्यार्थीहरू अनि प्राध्यापकहरूको सुविधाका लागि वाई फाई सेवा पनि शुरू गरिएको छ। आज एउटा कार्यक्रमबीच यी दुवै सेवाहरूको शुभारम्भ गरियो। यस सम्बन्धमा उपकुलपति ओमप्रकाश मिश्राले भने, यो कदम विश्वविद्यालयलाई अझ एक कदम अघि बढ़ाउनको लागि हो। आगामी दिनमा विश्वविद्यालयको सुधारसहित सबै व्यवस्थाहरू उपलब्ध गराइने छ।