पहाडको समस्याको समाधान केवल हाम्रो पार्टीले मात्र गर्न सक्छ: ब्यानर्जी

IMG-20230405-WA0000.jpg

दार्जीलिङ: पहाडको भविष्य भनेको नै अजय एडवाडर्स हो यो मन्तव्य जोन भिट्टु ब्यानर्जीले पोखेको हो।कुमाईको राईजिङ हलमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको थियो। उक्त सभालाई पार्टी केन्द्रीय कमिटि सदस्य जोन भिट्टु ब्यानर्जीले अन्य राजनैतिक दलहरूमा जस्तो हाम्रो पार्टीमा रूपियाँ पैसा छैन तर हाम्रो पार्टीसंग भिजन छ अनि त्यो भिजनले पहाडको हरेक समस्याहरूको समाधान गर्नेछ भनी बताएका छन्। उनले भने, ‘पहाडले अजय एडवाडर्स जस्तो नेता पाएको छ अनि यो पहाडवासीको निम्ति अहोभाग्य हो। पहाडमा समस्याहरूको थुप्रो छ अनि यी समस्याहरूको समाधान केवल हाम्रो पार्टीले मात्र गर्न सक्छ। त्यसकारण पहाडमा थुप्रो परेको समस्याहरूको समाधान गर्न नै म हाम्रो पार्टीमा सामेल भएको हो। जुन दिन हाम्रो पार्टीमा मेरो सोच र विचारले मेल खान छोड्छ त्यस दिन म राजनीतिबाट सन्यास लिनेछु। तर म कुनै पनि अवस्थामा बिक्री हुने छुइन्।’ उनले अघि भने, ‘सरकारसंग मिलेर पहाडमा विकास गर्छु भन्नेहरूले पहाड अहिले जीर्णावस्थामा पुगीसकेको छ। यसमाथि उनीहरूले किन काम गर्दैन?’
उनले अघि भने, राजनीतिभन्दा सेवाको काम गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई हामीले पहाडको वर्तमान राजनीतिक स्थिति के कस्ता छन् भन्ने विषयबारे सत्य कुराहरू बताउने उपस्थित कार्यकर्ताहरूलाई आह्वान् गर्दछु।पहाडको युगौं पुरानो समस्याहरूलाई समाधान गर्ने सोच राखेर अजय एडवाडर्स राजनैतिक मैदानमा ओर्लिएका छन्।’
उनले अझ भने, अन्य राजनैतिक दलहरूमा जस्तो हामीसंग रूपियाँ पैसा छैन। विगतको जीटीए सभाको चुनावमा अन्य राजनैतिक दलले रूपियाँ पैसाको खोला बगाएका थिए। उनीहरूले जस्तो हामीले रूपियाँ पैसा दिनु सक्दैनौ यदि दिनु सक्छौ भने हामी हाम्रो इमान्दारिता दिनु सक्छौं। हाम्रो भिजन दिनु सक्छौं अनि हाम्रो क्षमता अनुरूप जे जति दिनु सक्छौं त्यो हामी दिने छौं। पहाडवासीले हाम्रो पार्टीको भिजन र इमान्दारितामाथि अवश्यै आत्मासात गर्नेछ भन्ने म आशादी रहेको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement