सोनादा: सौगात क्याटरिङ सोनादाले शान्तिरानी हायर सेकेण्डेरी स्कूलका ५ जना विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गरेका छन्। सोनादाको सौगात क्याटरिङ अनि उनको समूहले विगतका वर्षहरूमा झैं आज पनि ५ जना विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग साथै स्कूलमा केही सामाग्री दिएर उदाहरणीय कार्य गरेको छ। शान्तिरानी स्कुलका ५ जना छात्र छात्राहरु क्रमैले खुशी छेत्री कक्षा सात, सुबेक राई कक्षा सात, प्रीति थापा कक्षा छ, कृति छेत्री कक्षा छ अनि एलिना राई कक्षा आठका विद्यार्थीहरुलाई वार्षिक स्कूल खजना सौगात क्याटरिङका डाइरेक्टर छिरिङ शेर्पाले स्कूलमै गएर प्रधान अध्यापक नरेन्द्र राईसित भेट गरी प्रदान गरेका छन्। स्मरण रहोस् विगत धेरै वर्ष अघिदेखि सौगात क्याटरिङ्का सदस्यहरुले विभिन्न ठाउँमा क्याटरिङ्को कार्य गरी उब्रेको पैसाले विपन्न विद्यार्थीहरूका शिक्षामा सहयोग गर्ने गर्दै आइरहेका छन्। सौगात क्याटरिङ अनि डाइरेक्टर छिरिङ शेर्पाले यस प्रकारको सहयोग गरेकोमा शान्तिरानी हाई स्कूलका प्रधान अध्यापक नरेन्द्र राईले सौगात क्याटरिङ अनि उनको टिमलाई सराहना गरेका छन्।