सोनादा: सोनादाको नाली चउरस्थित पञ्च धाममा तीन दिवसीय रूपमा हनुमान जयन्ती शुरु भएको जानकारी प्राप्त भएको छ। नाली चउरस्थित पञ्च धाम मन्दिरमा यसपाली आज ५ अप्रेल, ६ र ७ अप्रेलको दिन हनुमान जयन्ती पालन गरिने भएको छ। नारी चउरस्थित पञ्च धाम मन्दिरको पण्डित दुर्गाप्रसाद भण्डारीले जानकारी गराए अनुसार पञ्च धाममा हनुमान जयन्ती पालन गर्नलाई यसपाली तीन दिवसीय रूपमा मनाइने भएको छ। उनले बताए अनुसार भोलि हनुमानको मूर्ति पञ्च धाम मन्दिरमा सधैंको लागि स्थापना गरिनेछ। उक्त मूर्ति जयपुरबाट ल्याइएको छ। पण्डित दुर्गाप्रसाद भण्डारीले पत्रकारहरूसित कुराकानी गर्दै बताए कि गत वर्ष यहाँ राम, सीता, लक्ष्मण र हनुमानको पूजा गरिएको थियो भने यसपाली यहाँ बालाजीको तीन दिवसीय पूजा आयोजना गरिनेछ। उनले ७ अप्रेलको दिन हवन आदि गरिने अनि पञ्च धाम मन्दिरमा १९८६ देखि २०२३ सम्म रहेका पूजा समिति र भक्तजनको परिवारलाई सम्मान गरिनेछ।