अनित थापाद्वारा तीनधारे-महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको पक्षमा चुनाव प्रचार
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा बुधबार तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा चुनाव प्रचार गर्नलाई घैयाबारी आएका थिए। उनी तीनधारे महानदी समष्टिको सिपाहीधुरा चियाबारीमा पनि चुनावी सभालाई सम्बोधन गरेर घैयाबारीको बुथ नम्बर २५४ अन्तर्गत गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न चुनावी सभामा उपस्थित रहेका थिए। उक्त चुनावी सभालाई भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले विशेष उपस्थिति दिएर सभालाई सम्बोधन पनि गरेका थिए। घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा बुथ सभापति महेश छेत्रीको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै यसपालीको चुनाव मेरो लागि होइन तर घैयाबारीको विकासको लागि हो र यसपाली पनि मलाई झुक्काए म होइन तपाई घैयाबारीको जनता नै झुक्किने बताएका छन्। थापाले घैयाबारीको विकासको चाहाने जनताले हाम्रो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीलाई बिजय बनाउने निवेदन गर्दै मलाई भोट दिए पनि नदिए पनि मेरो सहयोग सदैव जनताको लागि रहिरहनेछ भनी बताएका छन्। भाग्रोप्रमो अध्यक्ष अनित थापाले मलाई जीटीएको चौकीको लोभ छैन कारण म सभासद भए, कार्यकारी सभासद भए, जीटीएको भाइस चेयरम्यान पनि भए र जीटीएको चेयरम्यान पनि भए, त्यसैले मलाई लोभ छैन भनी बताएका छन्। थापाले यसपाली जीटीए चुनाव नहोस् भनेर सबैले विरोध गरेका थिए। तर ४५ वटा सिटमा ३१८ जनाले नामांकन पत्र बुझाएका थिए जसले गर्दा जनताले जीटीए चुनाव चाहेको विस्तारै प्रमाणित हुँदैछ भनी बताएका छन्।










