नयाँ कमानमा द्वारे सरकारको क्याम्प

IMG-20230405-WA0205.jpg

स्वनिर्भर दलहरूद्वारा विभिन्न स्टलहरू बिक्री र प्रदर्शनी

खरसाङ: खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानमा द्वारे सरकारको क्याम्प सम्पन्न भएको छ। उक्त क्याम्पमा घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानको दशवटा स्वनिर्भर दलहरूका सदस्याहरूले विभिन्न स्चलहरू प्रदर्शनी साथै बिक्रीमा राखेका थिए। उक्त द्वारे सरकारको क्याम्प घैयाबारी ग्राम पञ्चायत तीनको संसद ८ मा रहेको नयाँ कमान प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको छ। द्वारे सरकारको क्याम्पमा घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमान, रोहिणी,जोगमाया र अन्य क्षेत्रहरूबाट पनि मानिसहरू आएर द्वारे सरकारको क्याम्पको फाइदा उठाएका थिए।

उक्त द्वारे सरकारको क्याम्पमा सरकारको सहुलियतहरू जस्तै – राशन कार्ड संसोधन, लक्ष्मी भण्डार, रुपाश्री, कन्याश्री, वृध्दा भत्ता, पेन्सन, जाति प्रमाण पत्र लगायत अन्य विभिन्न सहुलियतहरूका फाइदा उठाउन मानिसहरूले फारम भर्ने कार्य गरेको जानकारी प्राप्त भएको छ। उक्त द्वारे सरकार क्याम्पमा खरसाङ खण्डको संयुक्त खण्ड विकास अधिकारी, घैयाबारी ग्राम पञ्चायत तीनको ईए अर्पण छेत्री, पञ्चायत सचिव युवराज सुनार लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त द्वारे सरकारको क्याम्पमा मुख्य आकर्षणको रूपमा घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमान क्षेत्रको दशवटा स्वनिर्भर दलहरू क्रमैले लक्ष्मी स्वनिर्भर दल, उमङ्ग स्वनिर्भर दल, नौलो सिर्जना स्वनिर्भर दल, स्वर्णिम स्वनिर्भर दल, सदभावना स्वनिर्भर दल, सहयोग स्वनिर्भर दल, कृतज्ञ स्वनिर्भर दल, अपेक्षा स्वनिर्भर दल, एन्जल स्वनिर्भर दल र प्रतिक्षा स्वनिर्भर दल आदिको सदस्याहरूले विभिन्न स्टलहरूको प्रदर्शन साथै बिक्री पनि गरेका थिए।

यी सबै दशवटा स्वनिर्भर दलहरूका सदस्याहरूले गाउँमै उब्जाएको फल फूलहरू, हरियो साग सब्जीहरू, कुखुरा, अण्डा, मह, पुच्का, सिलाई बुनाईको सामानहरू, सेलरोटी लगायत अन्य चीजहरू बिक्रीमा राखिएको र बिक्री पनि भएको स्वनिर्भर दलकी दिपमाला छेत्रीले जानकारी गराएका छन्। उनले बताए अनुसार द्वारे सरकारको क्याम्पमा सरकारको विभिन्न योजनाहरू र सहुलियतहरूबाहेक पनि ग्राम पञ्चायतबाट प्राणी मित्र, सीएसपी, बीएलटी लगायत अन्यहरू उपस्थित रहेर स्वनिर्भर दल विषयमा जनचेतना कार्यक्रम पनि आयोजना गरेका थिए। त्यसरी नै आँगनवाडी कर्मीहरू र सुपरभाइजर साथै आशाकर्मीहरू लगायत अन्यहरू उपस्थित रहेका थिए।

आज घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमान क्षेत्रमा द्वारे सरकारको क्याम्प आयोजना गरिएकोमा सबै जनसाधारणको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले सरकार पक्ष र खरसाङ खण्ड, घैयाबारी ग्राम पञ्चायत तीनको सबै पदाधिकारीहरू र कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। उनले यसरी गाउँ घरमै सरकारको विभिन्न योजनाहरू र सहुलियतहरूका फाइदा उठाउन यसरी क्याम्प आयोजना गरिएकोले धेरै जनसाधारणले राम्रो लाभ उठाउन सफल भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement