सिलगढी: बुधबार एक छात्राको रहस्यमय मृत्युलाई लिएर फाँसीदेवाको दूधखावागाछ क्षेत्रमा सनसनी फैलिएको छ। मृतकको नाम अलेमा खातुन (१७) हो। मृतकले यसै वर्ष माध्यमिक परीक्षा दिएका थिए। अलेमा मंगलबार ब्याङ्क गएकी थिइन् र राति काकाको घर फर्किएकी थिइन्। परिवारका सदस्यले राति नै उनको झुण्डिएको अवस्थामा शव देखे। खबर पाएलगत्तै फाँसीदेवा थानाको पुलिस पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। घटनाका कारण सो क्षेत्रमा शोक छाएको छ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।