खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा विगत १५-२० दिनदेखि पिउने पानीको वितरण सर्वराह नभएकोले आज स्थानीय जनताले केही झण सड़क अवरुद्ध गरेका थिए। पिउने पानीको व्यवस्था लगातार रुपमा १५-२० दिनदेखि नभएपछि मानिसहरू पिउने पानी सठीक व्यवस्था गरिदिने मांगमा घैयाबारीस्थित पीएचई कार्यालय अघि विरोध गरेका थिए। जीटीए नजिक रहेको समय नै घैयाबारी क्षेत्रका लगभग १ हजार परिवारहरूले विगत १५-२० दिनदेखि पानी नपाएकोले जनता सड़कमा निस्केका थिए। पछिबाट पिउने पानीको व्यवस्था सठीक गरिनु पर्ने जनताको मागंलाई लिएर घैयाबारीमा पीएचई विभाग खरसाङको कार्यकारी अभियन्ता, तीनधारे पुलिस आउट पोष्टको पुलिस अधिकारी र स्थानीय जनता बसेर सभा गरेर पिउने पानीको समस्या समाधान गर्नलाई सहमत भएको छ। पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आएर स्थानीय जनतासित सभा बसेर अाज बेलुकासम्म पिउने पानीको सर्वराह ठीक गरिदिने वचन दिएका छन् साथै पुलिस प्रशासनहरू स्थानीय जनताको साथमा कार्यकारी अभियन्ताले घैयाबारी क्षेत्रमा लगेको पिउने पानीको मुख्य निरीक्षण गरेका छन्।

स्थानीय जनताहरूसित सभा गरेपछि पीएचई विभाग खरसाङको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारीमा पिउने पानीको समस्या भएको र केही दिनदेखि पिउने पानीको सर्वराह ठप्प भएकोले जनताले आज य कदम उठाएको र अब पानीको स्रोतको निरीक्षण गरी आज बेलकासम्ममा समाधान गरिने बताएका छन्। उनले घैयाबारीमा आउने पानीको पाइपहरूमा गैर कानुनी रुपमा छोड़िएको पाइए कार्वाही गरिने र पुलिस प्रशासनलाई भनेर रुट मार्च गरिने पनि बताएका छन्। यो पाइप लाइन २०-२५ वर्ष अघि बनिएको हुनाले धेरै असुविधा भईरहेको हुनसक्छ र हामी पानीको स्रोतको निरीक्षण गरी छानबीन गरेर जनतालाई पानीको सर्वराह सठीक गर्ने बताएका छन्। त्यसरी नै स्थानीय जनताको पक्षमा राजेस गुरुङले हामी घैयाबारी क्षेत्रका मानिसहरूले विगत १५-२० दिनदेखि पानी नपाएकोले आज जनता सड़कमा निस्केको र हामीले विभागका अधिकारीहरूसित सभा गरेर हामीले सामुहिक रुपले विभाग समक्ष पिउने पानीको झट्टै समाधान हुनुपर्छ भनी लिखित रुपमा निवेदन पनि चढाएका छौं र विभागले पनि पानीको समस्या समाधान गरिदिने वचन दिएको बताएका छन्। उनले हामी घैयाबारीको जनता मिलेर सामुहिक रुपमा विभालाई तीन दिनको समय दिएको र अझैं समस्या समाधान नभएको खण्डमा हामी हाम्रो निवेदन उच्चाधिकारीहरू समक्ष पठाउने बताए।










