चुनाव आउँछ जान्छ तर बंगालको कठपुतली पार्टीले हाम्रो सुरक्षा गर्न सक्दैन: अजय एडवार्ड्स

6ce7f0aa-fc61-44da-8f89-90950d17e9b8

दार्जीलिङ: ‘बंगालको कटपुतली पार्टीले हाम्रो सुरक्षा गर्न सक्दैन’-उक्त मन्तव्य हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्ड्सले गरेका हुन।कुमाईको राइजिङ कलचरल हलमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा जातिलाई आज हाम्रो पार्टीको जरूरत रहेको बताए। हाम्रा नेतृत्वहरू हामी जमीनसंगै आएको हो भन्ने गर्छन तर आज हाम्रो मानिसहरूलाई फर्जी पर्चा पट्टा दिने कार्यहरू भईरहेको छ। बंगालसँग मिलेर काम गर्छु भन्ने बंगालको कटपूतली पार्टीले हाम्रो सुरक्षा गर्न सक्दैन,पहाडको सुरक्षा गर्न सक्दैन,गोर्खा जातिको सुरक्षा गर्न कदापी सक्दैन, अध्यक्ष एडवाडर्सले भने।जीटीए सभाको चुनावमा बंगालसँग मिलेर काम गर्छु भन्ने पार्टीले जीटीए सभाको बोर्ड गठन गरेपछि उनीहरूले जीटीए सभामा छुटटै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गर्छौ भन्दै ढोल पिटेका थिए।जीटीए सभामा गोर्खाल्याण्ड वार्ता शुरू गरिनुपर्छ भन्ने प्रस्ताव पारित गर्दा हामी सवै सभासदहरूले त्यसको खुला समर्थन जनाएका थियौ तर बंगालको कटपुतली पार्टीको त्यो सवै गोर्खाल्याण्ड प्रेमिहरूको आखाँमा धुलो हाल्ने काम मात्र गरेका थिएछ भन्दै उनीहरूको मनमा गोर्खा जातिप्रति रत्तिभर इमान्दारी नरहेको अध्यक्ष एडवाडर्सले बताए।बंगालसंग मिलेर काम गर्छु भन्ने पार्टीले हामीले हाम्रो पार्टी फर्काएका छौ भन्दै पूर्जा पट्टा वितरण गर्ने कार्यहरू गर्यो तर आजका भाइवहिनीहरू शिक्षित छन,मुर्ख छैनन, हाम्रो पार्टीका भाइ-वहिनीहरूले पूर्जा-पट्टाको सत्यता उदाङ्गो पारीदिएपछि आज चिया बगानहरूदेखि लिएर अन्य क्षेत्रहरूमा ८ डेसिमल पूर्जा-पटटालाई अस्वीकार गर्नथालेको छ।बंगाल सरकारसँग मिलेर काम गर्छु भन्नेहरूले कलकताबाट हामीले हाम्रो माटो फर्काएर ल्याएका छौ भनेको केही दिन पनि भएको थिएन,बंगालको सत्ताधारी पार्टीको एक जिम्मेवार मंत्रीले विधानसभामा नेपाली भाषीहरू अनुप्रबेशकारी हो भनेका थिए,राज्यको एक जिम्मेवार मन्त्रीले हामी नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी ठहर्राएको विरोधमा हामी विपक्षीका ९ जना सभासदहरू गोर्खा रंगमञ्च भवनको अघिल्तिर रहेको शहीद बेदीमा अनशनमा बसेका थियौ। जीटीए सभाको सत्ता दलको नेतृत्वहरूले मन्त्रीको बयानमाथि आपति जनाउनुको साटो अनशनमा बसेका ९ जना सभासदहरूको विरोधमा पुलिसमा प्राथमिकी दर्ता गरेका छन,यस्ता कटपूतली पार्टीले गोर्खा जातिको सुरक्षा कदापी गर्न सक्दैन, हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्स भने।तिनले अधि भने, बंगालसँग मिलेर काम गर्छु भन्ने पार्टीले गोर्खा जातिको सुरक्षाको कुरा त टाडोको विषय हो तर पानी जस्तो पवित्र विषयमा पनि धाधली, भष्ट्राचार,घोटाला गर्दैछ।चुनाव आउँछ,जान्छ तर यसक्षेत्रको लागि अब तपाई-हामी एकबद्ध हुनसकेनौ भने हाम्रो भविष्य अन्धकार हुनेछ,गोर्खा जातिको सुरक्षा,पहाडको सुरक्षा,गोर्खा जातिको युगौ पूरानो जातीय मांगलाई हाम्रो पार्टीले मात्र पूरा गर्नसक्छ, हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले भने।

About Author

Advertisement