दुवारे सरकार शिविरमा आक्रोशित गाउँलेहरूले कागजपत्र च्याते

ce3927f8-fd87-47d5-806f-ddda7e0a9cae

कुचबिहार: दुवारे सरकार शिविरमा आवेदन दिएपनि काम भइरहेको छैन। यही आरोपमा आक्रोशित गाउँलेहरूले शिविरको ब्यानर पोस्टरलगायत सरकारी कागजपत्र च्याते। घटनालाई लिएर सत्तापक्ष र प्रतिपक्षले एकअर्काविरुद्ध बयान दिन थालेका छन्। घटना बुधबार तुफानगञ्ज थाना क्षेत्रको धलपल–१ ग्राम पञ्चायतमा भएको हो। तनावको खबर पाएलगत्तै तुफानगञ्ज पुलिस चौकी र तुफानगञ्ज नम्बर-१ ब्लकका संयुक्त बीडीओ घटनास्थल पुगेका थिए। तुफानगञ्ज–१ ब्लक प्रशासनद्वारा धलपाल बजारमा दुवारे सरकार शिविर स्थापना गरेको जानकारी प्राप्त भएको छ। यसबाहेक सो ग्राम पञ्चायतको बुथ नम्बर-१४ मा सडक छेउमा टेबुल र कुर्सी राखेर सरकारी क्याम्प राखिएको थियो । यसक्षेत्रका सडक जीर्ण अवस्थामा रहेको र दुवारे सरकार क्याम्पमा कुनै काम हुन नसकेको गाउँलेको गुनासो छ। जसका कारण आक्रोशित गाउँलेहरूले पोस्टर र सरकारी कागजपत्र च्यातेको आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement