“पहाड़मा समस्याहरूको थुप्रो देख्दा पुनः राजनीतिमा आउँन बाध्य भएँ:” जीएस राई
दार्जीलिङ: जीएस राई हाम्रो पार्टीमा भए सामेल भएका छन्। दार्जिलिङको नेरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको निजि वासस्थानमा आज मंग्पु लाब्दा समष्टिको वरिष्ठ राजनीतिज्ञ एंव शिक्षक जीएस राई हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले राईलाई खदा लगाउँदै पार्टीमा न्यानो स्वागत जनाए। हाम्रो पार्टीमा सामेल भएपछि जीएस राईले राजनीतिदेखि अलग बस्ने मन थियो तर पहाडको समस्याहरू देख्दा आफु राजनीतिमा पुनः आउन बाध्य भएको बताए। उनले भने, ‘विगत धेरै सालदेखि म राजनीतिमा सरिक भएर राजनीति गर्दै आईरहेको थिए। अब राजनीतिबाट विश्राम लिने अठोट गरेको थिए तर पहाडको वर्तमान राजनैतिक स्थिति एंव अवस्थाले मलाई विश्राम गर्न दिएन अनि म हाम्रो पार्टीमा सामेल भएको हो। आगमी दिनहरूमा पार्टीलाई कसरी अघि बढ़ाएर लैजानु पर्ने हो अनि ग्रामीण स्तरमा कस्तो प्रकारले कामहरू गर्नु पर्ने यी विषयहरूमा पार्टीभित्र चर्चा परिचर्चा गरेर भावी कार्य योजनाहरूको रूप रेखाहरू तयार गरिनेछ।’ उनले अघि भने, मंग्पू लाब्दा समष्टिका साथी भाइहरूसंग कस्तो प्रकारले काम कुरोहरू गर्नु पर्ने यही सबै विषयहरूमा संगठनमा चर्चा परिचर्चा गरिनेछ। दार्जीलिङ पहाडमा दिन प्रतिदिन समस्याहरू जटिल हुँदै जाँदैछ, सिन्कोना बगानहरू बन्द सरह अवस्थामा पुगिसकेको छ। सिन्कोनाको बोक्राहरू बिक्री भएको छैन। बोक्रा काट्ने कामहरू भएको छैन भने अर्कोतिर टुरिज्मको विस्तार दिन प्रतिदिन बढ्दै गईरहेको छ। यी थुप्रै कारणहरूले गर्दा आफु पुनः राजनीतिमा ओर्लिनु परेको हो।’
राईले अझ भने, पहाडको यी समस्याहरूबारे कुनै न कुनै राजनीति पार्टीले कदम उठाउन पर्छ। गणतन्त्रमा विपक्षीको अहम भूमिका रहेको हुन्छ। विपक्षीबिनाको गणतन्त्र फिका सावित हुन्छ। कुनै न कुनै पार्टीले यी समस्याहरूमाथि कदम उठाउने काम गरोस् भन्ने हाम्रो चाहना रहेको थियो। तर आजसम्म कसैले पनि यी समस्याहरूमाथि आवाज उठाउन नगर्दा आफु हाम्रो पार्टीमा सामेल भएको हो अनि यी समस्याहरूमाथि भविष्यमा पार्टीमा चर्चा गरेर उठाउने आँट लिएर नै आफु हाम्रो पार्टीमा सामेल भएको हो अनि मेरो साथी भाइहरूले मलाई यी समस्याहरूमाथि आवाज उठाउँनुमा सहयोग पुराउनेछ भन्ने आशा साचेको छु।’