शैली नदी बगरमा घाँटीमा बेल्ट बेरिएको शव देखेपछि खैलाबैला

7a3b92e0-b541-45b1-9501-143e89fae625

जलपाइगढी: बुधबार बिहान जलपाइगढी जिल्लाको मयनागढी ब्लकको शैली नदीमा एक व्यक्तिको शव भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। खगराबाडी-२ ग्राम पञ्चायत बसिलर डङ्गर निवासी कृष्णपद रायका छोरा गोविन्द राय हिजो दिउँसो घरबाट निस्केर राति घर फर्केनन्। चिन्तित भएर घरका मानिसहरूले उसलाई खोज्न थालेपछि थाहा भयो कि उ केही साथीहरूसँग मौजमस्ती गरिरहेको थियो। यता,बुधबार बिहान घर नजिकैको शैली नदीमा एक व्यक्तिको शव फेला परेको हो-हल्ला भयो। घरका मानिसहरू घटनाबारे थाहा पाएर तत्काल घटनास्थल पुगे। त्यहाँ नदीको बगरमा गोविन्द राय मृत अवस्थामा भेट्टाए। पछि मैनागढी पुलिस चौकीमा सूचना दिएपछि पुलिसले ४३ वर्षीय गोविन्द रायको शव आफ्नो कब्जामा लियो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। केही क्षणमै पुलिसले एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई गएराति मृतक गोविन्द रायसँग देखिएको बताइएको छ। पक्राउ परेकासँग पुलिसले सोधपुछ गरिरहेको छ। साथै घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने खोजी भइरहेको पुलिसले जनाएको छ।
पुलिस स्रोतका अनुसार,व्यक्तिलाई घाँटी थिचेर हत्या गरी नदीमा फ्याकिएको हुनसक्ने पुलिसको प्रारम्भिक अनुमान छ। सूचना पाएपछि डीएसपी क्राइम विक्रमजित लामा मैनागढी पुलिस चौकी पुगेका थिए। पुलिसले शवलाई पोस्टमार्टमका लागि जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा पठाएको छ। मृतक गोविन्द रायका दाजु तथा काका सुधीर रायले घटनाको सम्बन्धमा मृतक गोविन्द राय टोटो चालक हुनुका साथै कुखुरापालन व्यवसाय समेत गर्दथे भन्ने जानकारी दिएका छन। मंगलबार दिउँसो घरबाट निस्किएका उनी घर फर्किएनन्। शैली नदी किनारमा मृत फेला परे। मृतकको घाँटीमा बेल्ट झुण्डिएको देखेको पनि उनीहरूले बताएका छन। मृतकको घाँटी थिचेर हत्या गरिएको उनीहरूको दाबी छ। घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न आफन्तहरूले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement