पुर्व राज्यसभा सांसद तथा वरिष्ठ नेता दावा लामाको निधन 

Screenshot_20230405_173755_WhatsApp.jpg

चुङथुङ: गत तीन अप्रेलको राती लोवर चुङथुङ चियाबारी अन्तर्गत डाँडा गाउँ तथा टाईगर हिल समाजका मुल निवासी वरिष्ठ राजनैतिक नेता,पूर्व मन्त्री तथा सांसद दावा लामाको १०.४० मा निधन भयो। सांसद लामाको उमेर ९५ वर्ष थियो भने उनी दार्जिलिङको सिंगमारी स्थित उनको जेठी छोरी धनरुपा तामाङको बासगृहमा रहँदै आईरहेको थियो। विद्यार्थी कालदेखि नै राजनीतिमा चासो राख्ने स्वर्गीय लामाले १९८१ सालमा पूर्व विधायक देवप्रकास राईको निधनपछि जनप्रतिनिधिको रूपमा कार्य गर्न थालेका थिए। यसपछि १९८२ सालको उपचुनावमा पहिलो पटक विजयी भएर विधायकको रूपमा कोलकाता पुगेका थिए। यसरी उप चुनावमा विजयी भए पछि उनको राजनैतिक यात्रा अझ सबल र सक्रिय रूपमा अघि बढ्न थाल्यो। १९८२ सालमा नै विधासभाको चुनावमा पुनः विजयी भएर सांसद लामा पार्वत्य विकास मन्त्री बनेका थिए। यस पछि निरन्तर १९८७ सालको चुनावमा फेरि विजयी बनेर नगर उन्नयन तथा अग्नी शमन विभागीय मन्त्रीको रूपमा उनले कार्य गरे। तर १९८६ साल देखि शुरू भएको  गोर्खाल्यान्ड आन्दोलनलाई साथ दिन उनले विधायक पद समेत छोडेका थिए। त्यसपछि पुनः १९९३ को उपचुनावमा विजयी भएर १९९६ सालसम्म प्राणी सम्पदा विभागमा  मन्त्रीको रूपमा उनले कार्य गरे। वामफ्रण्डको टिकटमा चुनाव जितेपछि उनी राज्यसभा सांसदको रूपमा निर्वाचित भएर कोलकाता देखि दिल्लीसम्म पुगेका थिए। जहाँ उनले छ वर्ष सांसदको रूपमा कार्य पुरा गरेका थिए। गोर्खा जातीको अस्मिताको निम्ति लागि पर्ने लामाले त्यसताक राज्यको सत्तारूढ दल मार्क्सवादी कम्युनिस्ट पार्टीदेखि अलग भएर १९९६ सालमा सांसद आर बी राई लगायत अन्य नेताहरुसंग मिलेर क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement