५ अप्रेलः पेस बलर एडम मिल्ने अनि ओपनर टिम शीफर्टको उत्कृष्ट प्रदर्शनले गर्दा न्यूजील्याण्डले बुधवार खेलिएको दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा श्रीलंकालाई ९ विकेटले पराजित गरी तीनवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। डुनेडिनको यूनिभर्सिटी ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै श्रीलंका १९ ओभरमा १४१ रन बनाएर अलआउट भयो। धनञ्जय डी सिल्वाले २६ बलमा ३ वटा चौका र २ वटा छक्काको सहायताले सर्वाधिक ३७ रन बनाए। यसबाहेक कुसाल परेराले ३६ र चरिथ असलंकाले २४ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा एडम मिल्नेले सर्वाधिक ५ विकेट लिए। यसबाहेक २ विकेट बेन लिस्टरको नाममा रह्यो। जवाफमा न्यूजील्याण्डले १४.४ ओभरमै १ विकेट गुमाएर १४६ रन बटुलेर म्याच सजिलै जित्यो। शीफर्टले ४३ बलमा ३ वटा चौका र ६ वटा छक्काको साथ अविजित ७९ रन बनाए। यसबाहेक चाड बोवेसले ३१ र कप्तान टम लाथमले अविजित २० रन बनाए। मिल्नेलाई प्लेयर अव् द म्याच चयन गरियो। सीरीजको तेस्रो तथा निर्णायक म्याच शनिवार खेलिनेछ।