केन्द्रले आवंटित गर्यो ९७९ करोड़को राशि

Mamata-Modi-2.jpg

कोलकाता: केन्द्र सरकारले राज्यको पंचायत विभागको निम्ति ९७९ करोड़ रूपियाँको आवंटन गरेको छ ।विभागको सूत्रहरूले यसको पुष्टि गर्दै जानकारी गराएको छ, पंचायतहरूमा लम्बित केन्द्रिय परियोजनाहरूलाई छिटोभन्दा छिटो पूरा गर्नका लागि यस राशिको आवंटन गरिएको छ। यसमा घर घर नलबाट जल, ग्रामीण सड़क निर्माण समेत अन्य पंचायती राज सेवाहरूलाई पूरा गरिनेछ। यसअघि केन्द्र सरकारले शिक्षा मन्त्रालय अन्तर्गत मिड-डे मिल परियोजनाको निम्ति १२ सय करोड़ रूपियाँको आवंटन गरेको थियो।उल्लेख्य, पश्चिम बंगालकी मुख्यमन्त्री ममत ब्यानर्जीले केन्द्रसित पश्चि बंगाल सरकारको १ लाख १५ हजार करोड़ रूपियाँको वित्तीय आवंटन बाकी छ भनी आरोप लगाएकी छन्। यसको निम्ति उनी दुई दिनको धरनामा पनि बसिसकेकी छन्। दुई दिवसीय धरनामा उनले केन्द्रमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन्। यद्यपि, त्यसपछि जुन मदमा रूपियाँ दिनु आवश्यक रहेको छ, त्यसमा वित्तीय आवंटन हुँदै आईरहेछ। केन्द्रबाट प्राप्त हुने राशिको आय-व्ययको हिसाब ममता ब्यानर्जीको सरकारले केन्द्रलाई उपलब्ध नगराएको पनि आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement