अरुणाचल भारतको अभिन्न अंग रहेको पक्षमा अमेरिका

00-1-Arunachal-Pradesh

वाशिंगटन: अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंगको रूपमा मान्यता दिएको र क्षेत्रीय दाबीको रूपमा स्थानीय क्षेत्रहरूको नाम परिवर्तन गर्ने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गरेको छ। अमेरिकाको प्रतिक्रिया यस्तो समयमा आएको हो जब चीनको नागरिक मामिला मन्त्रालयले आइतबार अरुणाचल प्रदेशका ११ स्थानको मानकीकृत नाम जारी गरेको थियो। चीनले यस क्षेत्रलाई दक्षिणी तिब्बतको हिस्सा भएको दाबी गर्दै आएको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले मङ्गलबार भने, ‘अमेरिकाले त्यो क्षेत्र (अरुणाचल प्रदेश) लाई लामो समयदेखि (भारतको अभिन्न अंगको रूपमा) मान्यता दिँदै आएको छ। हामी क्षेत्रको नाम परिवर्तन गरेर क्षेत्रीय दावीलाई अगाडि बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौंl’ चीनले अरुणाचल प्रदेशका केही ठाउँको नाम परिवर्तन गरेपछि भारतले मङ्गलबार विज्ञप्ति जारी गर्दै यसको कडा विरोध गरेको छ।

भारतले राज्य भारतको अभिन्न र अविभाज्य अङ्ग भएको र यसलाई ‘मनगठित’ नाम दिएर यो वास्तविकता परिवर्तन नहुने बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘हामीले त्यस्ता रिपोर्टहरू देखेका छौं। चीनले यस्तो प्रयास गरेको यो पहिलो पटक भने होइन। हामी यसलाई ठाडै अस्वीकार गर्छौंl’ उल्लेखनीय कुरा के छ भने, हालै चीनले अरुणाचल प्रदेशका लागि ‘चिनियाँ, तिब्बती र पिनयिन’ क्यारेक्टरहरूमा नामहरूको तेस्रो सूची जारी गरेको छ। अरुणाचल प्रदेशका लागि चीनद्वारा जारी गरिएको मानकीकृत भौगोलिक नामहरूको यो तेस्रो सूची हो। अरुणाचलमा छ स्थानहरूको मानकीकृत नामहरूको पहिलो सूची सन् २०१७ मा जारी गरिएको थियो र सन् २०२१ मा १५ स्थानहरूको दोस्रो सूची। पूर्वी लद्दाखमा मई २०२० मा शुरु भएको दुई देशबीचको गतिरोध अन्त्य हुन नसकेको बेला चीनले अरुणाचल प्रदेशका केही ठाउँको नाम परिवर्तन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement