‘डिस्को डान्सर’को जिम्मीको कथा ४० वर्षपछि अघि बढ्ने!

00-1-Disco-Dancer

मुम्बई: ‘एक स्ट्रीट डान्सर जो सडकबाट उठेर एक दिन सुपरस्टार बन्छन्…’ यो मिथुन चक्रवर्तीको सन् १९८२ मा आएको फिल्म ‘डिस्को डान्सर’को कथा हो। वास्तविक जीवनमा पनि यो फिल्मपछि मिथुन सुपरस्टार बने। कम लागतको यो फिल्मले त्यतिबेला १०० करोड कमाएको थियो। बी सुभाषको यो म्युजिकल फिल्मले मिथुनको भाग्य खोल्ने काम गर्‍यो। अब मिथुनका फ्यानका लागि खुसीको खबर आएको छ। ४० वर्षपछि अब यही फिल्मको सिक्वेल (डिस्को डान्सर २) बन्न लागेको हो। १९८० को दशकमा एक समय थियो जब मिथुनका फिल्मले ठूलो पर्दामा खासै कमाइ गर्दैन थियो। त्यसपछि निर्देशक बब्बर सुभाषले फिल्म बनाए र मिथुनलाई मुख्य भूमिकामा कास्ट गरे। ‘डिस्को डान्सर’ १७ दिसम्बर १९८२ मा रिलिज भएको थियो र सोचेभन्दा बढी सफल भयो। यो चलचित्र त्यो युगको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको थियो र चलचित्रका गीतहरु पनि निकै हिट भएका थिए। ‘डिस्को डान्सर’ ले मिथुनको करियरलाई निकै बढायो।

अहिले बी सुभाषले फिल्मको अधिकार निर्देशक नितिनकुमार गुप्तालाई बेचेका छन् र उनी फिल्म ‘डिस्को डान्सर २’ को सिक्वेल बनाउँदैछन्। नितिनले यसअघि सयोनी र लभ इन युक्रेन बनाएका थिए। फिल्ममा अब जिमी र उनको छोराको कथा देखाइने बताइएको छ। मिड डेसँगको कुराकानीमा बी सुभाषले भने, ‘फिल्मको अधिकार नितिनकुमार गुप्तालाई दिइएको छ। म संयुक्त निर्माता हुनेछु। फिल्मको स्टारकास्टबारे अहिले नै केही भन्न हतार हुनेछ। फिल्मका लागि मिथुन चक्रवर्तीलाई अहिलेसम्म अप्रोच गरिएको छैन। साथै मूल चलचित्रमा बप्पी लाहिरीको सङ्गीत विशेष हिट भएकाले चलचित्रको सङ्गीतमा विशेष काम गरिने भएको छ। योसँगै फिल्मको कथा लेख्न केवी विजेन्द्र प्रसादलाई सम्पर्क गरिएको खबर पनि आएको छ। प्रसादले २०२२ मा आएको ‘आरआरआर’ लेखेका छन्। यसबाहेक उनी ‘बाहुबली’ र ‘बजरंगी भाइजान’का लेखक पनि हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *