कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर २३,०९१

IMG-20230316-WA0252.jpg

कोरोनाको ४,४३५ नयाँ मामिला, १५ जनाकाे मृत्य

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४,४३५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,३३,७१९ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले दिल्लीमा १, कर्नाटकमा १, राजस्थानमा १, महाराष्ट्रमा ४, हरियाणामा १, छत्तीसगढ़मा १, गुजरातमा १, पुदुचेरीमा १ र केरलामा ४ जनागरी कुल १५ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,९१६ पुगेको छ। यसरी नै यस अवधिमा २,५०८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,७९,७१२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७६% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २३,०९१ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ३.३८ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता २.७९ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३१,०८६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,२१,६४,८६३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,९७९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,१६,३७३ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement