आईपीएल २०२३:गुजरात टाइटन्सको लगातार दोस्रो जीत

IMG-20230405-WA0000.jpg

४ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले लगातार दोस्रो जीत हासिल गऱ्यो। मंगलवार खेलिएको म्याचमा हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनायो। कप्तान डेविड वार्नरले सर्वाधिक ३७ रन बनाए। यसबाहेक अक्षर पटेलले ३६, सरफराज खानले ३० र अभिषेक पोरेलले २० रन बनाए। गुजरात टाइटन्सका बलरहरूमा मोहम्मद शमी र राशिद खानले ३-३ विकेट लिए।

यसबाहेक अल्जारी जोसेफले २ विकेट हासिल गरे। जवाफमा गुजरात टाइटन्सले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर १६३ रनको लक्ष्यलाई हासिल गऱ्यो। बी साई सुदर्शनले अविजित ६२ रन बनाए। उनले ४८ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक डेविड मिलरले अविजित ३१ र विजय शंकरले २९ रनको योगदान दिए। दिल्ली क्यापिटल्सका बलरहरूमा एर्निक नोर्खियाले सर्वाधिक २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement