एसडीएफ पार्टीद्वारा हिमपैह्रोको घटनाप्रति दुःख प्रकट

images-5.jpeg.webp

गान्तोक: सिक्किम डेमोक्रेटिक ङ्ग्रन्ट पार्टी अध्यक्ष पवन चामलिङ र सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीका सबै सदस्यहरूले गान्तोक-छाङ्गु बीच १५ माइल नजिकै हिमपैह्रोमा धेरै पर्यटकहरू र सवारी साधनहरू गाडिएको दुखद घटनाप्रति दुःख प्रकट गरेका छन्‌। उक्त दुखद खबर सुनेर स्तब्ध र सॉंच्चै दुखित भएको उल्लेख गरेका छन्‌। सात जना पर्यटक मरेका घटनाप्रति शोक व्यक्त गर्दै उद्धार भएका अन्यका लागि पनि प्रार्थना गरेका छन्‌। सेनाको अस्पताल र गान्तोकको सोकेथाङस्थित एसटीएनएम अस्पतालमा उपचार भइरहेको जानकारी पार्टीले लिएको उल्लेख गरेको छ। यस दुर्घटनामा परी ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा पार्टीले गहिरो समवेदना प्रकट गरेको उल्लेख गर्दै सीमा सडक संगठन, सेना र सिक्किम पुलिस कर्मचारीहरू र अन्यहरूद्वारा गरिएको उद्धार र राहत कार्य सॉंच्चै प्रशंसनीय छ भनी पार्टीले आज जारी एक प्रेस बयानमा उल्लेख गरेको छ। घटना १५ माइल नजिकै भएको थियो जुन भागमा केही दिनदेखि लगातार हिमपात भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement