मुख्यमन्त्रीले उपचाराधीन हिमपैह्रोका पीड़ितहरूसॅंग भेट गरे

n48698411616806315756758cf96a0df8e6a7f66b094bd9145a69652b09691a17d619cf5199cf90d7752472.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा उपचाराधीन हिमपैह्रोका पीड़ितहरूसॅंग भेट गरेका छन्। मुख्यमन्त्री दिल्ली भ्रमणमा थिए भने आज उनी बागडोगरा हवाई अड्डाबाट सोझै एसटीएनएम अस्पताल पुगेर पीड़ितहरूको स्थितिको बारेमा जानकारी लिए।

मुख्यमन्त्रीले अस्पतालमा उपचाराधीन पर्यटकहरूलाई राज्य सरकारको तर्फबाट हरसम्भव सहयोगको आश्वासन दिए। उनले पीड़ितहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्य सरकारले उठाउने पनि बताए। यसका साथै मृतकहरूका शव पनि राज्य सरकारले नै सम्बन्धित ठाउॅंसम्म पुऱ्याउने कार्य गर्ने उनले बताए।

मुख्यमन्त्रीले भोलि पनि राहत एवं बचाउ कार्य चलाइने जानकारी गराए। एसटीएनएम अस्पतालमा चार जना उपचाराधीन छन्। जेएन रोडमा गएको हिमपैह्रोले सात जनाको ज्यान लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement