गान्तोक। सिक्किम राज्यको प्रमुख पर्यटन स्थलहरू मध्ये एक छाङ्गु लेक छेउ जेएन रोडको एमएस १५ नजिक आज दिउँसो अचानक हिमपैह्रो जॉंदा धेरैजना पर्यटकहरू पुरिएको छ जसमध्ये ७ जनाको मृत्यु भएको छ भने मृतकको सङ्ख्या अझ बड़ेर जाने अनुमान लगाइएको छ। मृतकहरूमा एक महिला र दुईजना नाबालिक रहेका छन्। भारतीय सेनाकाअनुसार सॉंझ चार बजीसम्म २३ जना पर्यटकलाई उद्धार गरिएको थियो। अझै पनि धेरैजना पर्यटक हिउँ भित्र पुरिएकोले प्रतिकूल परिस्थिति बीच सॉंझसम्म पनि उद्धार कार्य निरन्तर चलिरहेको थियो।

प्राप्त जानकारीअनुसार यो घट्ना आज दिउँसो ११ बजेर १० मिनट जॉंदाको हो। पर्यटक लिएर गएका एकजना चालककाअनुसार दुर्घट्ना भएको ठाउँमा धेरै हिउँ थुप्रिएकोले धेरै सङ्ख्यामा पर्यटकहरू गाड़ी रोकेर हिउँ खेलिरहेका थिए। यस्तोमा माथिबाट अचानक हिमपैह्रो आउँदा भाग्न नसकेर धेरैजना पर्यटक हिउँको थुप्रो भित्र पुरिन पुगे। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार दुर्घट्नाको समय करिब ७० जना पर्यटकहरू त्यस ठाउँमा थिए। हिमपैह्रोले सोरेर कही पर्यटक त सयौं ङ्गुट तल झरेको पनि प्रत्यक्षदर्शीहरूको भनाइ रहेको छ।

दुर्घट्ना हुनसाथ सिक्किम पुलिस, भारतीय सेना र पर्यटन विभागका अधिकारी साथै पर्यटक लिएर गएका चालकहरू उद्धार कार्यमा जुटेका थिए।