नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज नयाँ दिल्लीमा केन्द्रिय वित्त मन्त्री निर्मला सितारमणसँग भेट गरेका छन्। भेटघाटको क्रममा लोक सभा सांसद इन्द्रहाङ सुब्बा, मन्त्री सञ्जित खरेल, भाजपा विधायकद्वय टीटी भोटिया र पिञ्छो नामग्याल लेप्चा, मुख्य सचिव र मुख्यमन्त्रीका सचिव एसडी ढकाल पनि उपस्थित थिए।
उल्लेख्य, संसदले वित्त विधेयक २०२३ लाई पारित गरेपछि ३१ मार्चको दिन राष्ट्रपतिबाट पनि स्वीकृति भएर ऐन भइसके छ। यससँगै वित्त अधिनियमको धारा १० खण्ड २६एएए अन्तर्गत सिक्किमेको वर्गीकरणमा दुईवटा नयाँ वर्ग समावेश भएका छन्। नयाँ वित्त विधेयक ऐनमा परिणत भएपछि “सिक्किमे”-को परिभाषा विस्तार भएको भन्दै सिक्किममा विपक्षी राजनैतिक पार्टी, ज्याक साथै धेरै अन्य संघ-संस्था र व्यक्तिविषेशहरुले यसको चर्को विरोध जनाइरहेको छ।