३६ वटा दुग्ध उत्पादन संस्थानलाई प्रोत्साहन राशि प्रदान

IMG-20230404-WA0280.jpg

गान्तोक: पशुपालन तथा पशु चिकित्सा सेवा विभाग अनि सिक्किम सहकारी दुग्ध उत्पादक संघद्वारा आयोजनामा दरमदिन निर्वाचन क्षेत्रका कूल ३६ वटा दुग्ध सहकारी संस्थाहरूलाई सिक्किम सरकारद्वारा दुग्ध उत्पादनमा प्रतिलिटर ८ रूपियाँ प्रदान गरियो। खण्ड विकास अधिकारी ओङदी शेर्पाको बहुलीबाट लाभार्थीहरूलाई चेक हस्तान्तरण गरे। उक्त कार्यक्रममा खण्ड विकास अधिकारी ओङदी शेर्पा प्रमुख अतिथिकोरुपमा उपस्थित थिए भने उनको साथमा समष्टिका सीएलसी उपाध्यक्ष विकास सुब्बा,महासचिव डीआर शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य अतिथिले लाभान्वित संस्थाका सदस्यहरूलाई प्रोत्साहन राशी चेक हस्तान्तरण गर्दै बधाई दिए। वर्तमान सिक्किम सरकारले शुरू गरेको विविध गरीबमुखी योजनाहरुले खेतीपाती अनि अन्य विभिन्न व्यवसाय गर्ने किसानहरुलाई आर्थिक रुपमा ठूलो सहयोग पुगेको कृषकहरुले विचार प्रकट गर्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) प्रति अनि सम्बन्धित विभागलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement