गान्तोक: राजधानी गान्तोकलाई छाङ्गु-नथुलासॅंग जोड्ने मुख्य मार्ग जेएन रोडमा आज गएको हिमपैह्रोको घटनाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा गान्तोक-नथुला जेएनएम मार्गमा हिमपैह्रोको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गर्दै दिवंगतहरूको आत्मा शान्तिको निम्ति प्रार्थना गरेका छन्। मुख्यमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।