गान्तोक- देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किममा गएको हिमपैह्रोको घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूमा समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले ट्वीट सन्देशमा भनेका छन्, ‘सिक्किममा हिमपैह्रोको घटनाले व्यथित छु। आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना। घाइतेहरू चॉंड़ै निको हुनेछन् भनी आशा गर्दछु। बचाउ कार्य जारी छन् र प्रभावितहरूलाई हरसम्भव सहायता उपलब्ध गराइॅंदैछ।’ उल्लेखनीय छ, जेएन रोडमा मंगलवार बिहान हिमपैह्रोको चपेटमा परेर छ पर्यटकको मृत्यु भएको छ। यस घटनामा धेरै पर्यटकहरू घाइते पनि भएका छन्।