दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको विस्तार युद्व स्तरमा चलिरहेको छ। यसै क्रममा आज टिष्टा भ्याली चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन भएको छ। तकदाह टिष्टा भ्याली समष्टिको संयोजक सन्तोष रामुदामुको उपस्थितिमा टिष्टा भ्याली चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको बैठक सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टीको समष्टि अध्यक्ष संजय लामा विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्यहरूमा बुद्व लामा, रत्न योन्जन आदि उपस्थित रहेका थिए। सभामा चिया श्रमिकहरूले भोग्न परेको विभिन्न समस्याहरूमाथि गहन चर्चा परिचर्चा गरिएपछि चिया श्रमिकहरूको समस्यालाई समाधानको पक्षमा मार्ग दर्शन गर्न हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गरियो।जसमा टिष्टा भ्याली शाखा अध्यक्ष ए दर्नाललाई चयन गरियो। त्यसै गरी उपाध्यक्ष एमवी वाइबा ,सचिव एमके राई, सहसचिव बुद्व पाख्रिन लगायत १० जनाको कार्यकारिणी सदस्यहरूको चयन गरिएको छ।टिस्टा भ्याली चिया बगानको श्रमिकहरूको जे जति समस्याहरूमाथि आवाज बनेर अघि ल्याउने हाम्रो पार्टीले नव गठित नेतृत्वहरूलाई जिम्मेदारी सुम्पिएको जानकारी प्राप्त भएको छ।