सुरक्षाको मांग गर्दै हाम्रो पार्टीको नगरपाषर्दिकाहरूले डीएम र एसपीलाई चढाए ज्ञापन

IMG-20230404-WA0272.jpg

दार्जीलिङ: सुरक्षाको मांग गर्दै हाम्रो पार्टीको नगरपाषर्दहरूले जिल्लापाल र पुलिस अधीक्षक समक्ष ज्ञापन पत्र चढाएका छन्। गत केही दिन अघि दार्जीलिङ नगरपालिकाको भागोप्रमो र तृणमूल कंग्रेसको गठबन्धन बोर्डले वीओसी मिटिङ डाकेको थियो। उक्त मिटिङमा हाम्रो पार्टीको नगरपार्षदहरूले दिन प्रतिदिन बढ्दै गईरहेको अवैध निर्माणहरूको बारेमा आफ्नो पक्ष राख्दा चेयरम्यान दिपेन ठकुरीले महिला नगरपाषर्दिकाहरूमाथि अपशब्दहरूको प्रयोग गर्दै नगरपार्षद रितेश पोर्तेलमाथि आफु बसेको चैकी उठाएर प्रहार गर्ने दुष्प्रयास गरेको जानकारी गराउँदै अब हुने वीओसी मिटिङहरूमा विपक्षी नगरपार्षदहरूको सुरक्षा हेतु पुलिस सुरक्षाको ब्यवस्था गरिनु पर्ने मांग गर्दै जिल्लापाल अनि पुलिस अधीक्षक समक्ष ज्ञापन चढाएको जानकारी नगरपाषर्दिका प्रिय दिक्षितले दिएकी छन्। उनले यस विषयमा भनिन् -‘दार्जीलिङ नगरपालिकामा भागोप्रमो र तृणमूल कांग्रेसको गठबन्धन बोर्ड गठन गरेपछि पहिलो पटक वीओसी मिटिङ डाकेको थियो।मिटिङ राम्रो प्रकारले चलिरहेको थियो। यसैबीच विपक्षी नगरपार्षदहरूले अवैध निर्माणहरूबारे आफ्नो पक्ष राख्दा चेयरम्यान दिपेन ठकुरी आक्रोशित बन्यो अनि नगरपाषर्दिकाबीच अपशब्दहरूको प्रयोग गर्दै नगरपार्षद रितेश पोर्तेलमाथि आफु बसेको चौकी उठाएर प्रहार गर्ने प्रयास गरे।’

उनले गणतन्त्रमा सबैले आफ्नो पक्ष राख्न पाउँछ तर वीओसी मिटिङमा हामीले हाम्रो पक्ष राख्दा यस्तो प्रकारको ब्यवहार अप्नाउनु यो कहाँसम्मको न्याय संगत हो भन्दै अब हुने वीओसी मिटिङमा विपक्षीहरूको सुरक्षाको निम्ति पुलिस बल तैनाथ गरिनु पर्ने मांग आफुहरूले गरेको उनले दोहोराए। यसै सन्दर्भमा नगरपाषर्दिका पेमिला भोटियाले भनिन् -‘गत केही दिन अघि सम्पन्न भएको वीओसी मिटिङमा आफु अस्वस्थ्य रहेकोले उपस्थित हुन नसकेको तर चेयरम्यान दिपेन ठकुरीको सोच अनि ब्यवहारदेखि आफु अघिबाटै अवगत थिएँ। दिपेन ठकुरी हाम्रो पार्टीको ब्यानरमा नै नगरपार्षद निवार्चित भएको हो। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गरेदेखि उनले धन्दा कसरी गर्नुपर्छ भन्दै हिँड्थे। धन्दा कसरी गर्नु पर्ने यस बारे दिपेन भाइ आज तिमी जूुन पार्टीमा छौं अब त्यहाँ नै सोध्दा हुन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement