दार्जीलिङ: अब दार्जीलिङको माल रोडमा पुरानै रौनकता फर्किने भएको छl दार्जीलिङ नगरपालिकाले चौरास्ता र मालरोडलाई हकर्स फ्री जोन बनाउने भएको छl त्यसलाई तत्कालका लागि भानुभवन परिसरमा स्थानान्तरण गर्ने निर्णय गरेपछि चौरास्ता र मालरोड वरपरका हकर्स र पसलका व्यवसायीहरुले आज दार्जीलिङ नगरपालिका एमआईसी सदस्यहरूसँग भेट गरेका छन्। दार्जीलिङ नगरपालिकाको यस निर्णयलाई दोस्रो दिन आज विद्यालय तथा कलेजका विद्यार्थीहरुले चौरस्ता र मालरोडलाई हकर्स फ्री जोन बनाउने दार्जीलिङ नगरपालिकाको निर्णयको स्वागत गरेका छन्। दार्जीलिङ नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै चौरास्ता र मल रोडको सौन्दर्य बचाउन सबैलाई अपिल गर्दै आफ्नो भौतिक उपस्थिति देखाउँदै हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाको तर्फबाट वार्ड नम्बर २६ का आयुक्त मुकुन्दराज बराइलीले प्रेस सम्मेलन मार्फत जनाएका छन्।