मिरिकमा जल जीवन मिशन अन्तर्गत ९८.४४ करोडको हर घर जल योजनाको शिलान्यास

IMG-20230404-WA0166.jpg

हरेक योजनालाई सफल बनाउन भिलेज लेभल कमिटी बनाउनेछौं: अनित थापा

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ् एक्जिक्युटिभ अनित थापाले मिरिकमा आयोजित एक कार्यक्रममा जल जीवन मिसन अन्तर्गत ९८.४४ करोडको हर घर जल योजनाको शिलान्यास गरेका छन्। घर घरमा पिउने पानीको योजना २३ अनि २४ नम्बर समष्टिको गोपाल धारा चिया बगानमा ११.३८ करोड, ओकैती चिया बगानमा १६.५८ करोड, सियोक चिया बगानमा १३.०६ करोड, बुकिम चिया बगानमा २३.४७ करोड, दुप्तिन बस्तीमा ८.७१ करोड, मिरिक खासमलमा १२.६१ करोड अनि मरमा चिया बगानमा १२.६३ करोडको रहनेछ। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जल जीवन मिशनको योजना जहाँ जहाँ हुँदैछ, हरेक ठाउँमा पुगेर म जीटीएको चिफ् एक्जिक्युटिभ भएको नाताले सबैलाई अवगत गराउँदछु कि कति रकमको काम कुन ठाउँमा आएको छ। अब तपाईंहरुको निम्ति सहुलियत ल्याएका छौं। अब तपाईंको पनि जिम्मेवारी बन्छ कि काम कस्ताे किसिमको हुँदैछ त्यसको निरीक्षण गर्ने।”

काम गुणात्मक हुनु पर्छ। त्यसको निम्ति गाउँले अनि स्थानीय उपभोक्ताको संलग्नता हुनुपर्छ भन्ने बताउँदै उनले भने, “भिलेज लेभल समिति बनाउनु होस्। गाउँवासीलाई संलग्न गराउनुहोस्। योजना सफल हुनु नहुनु नेता, इन्जिनियर, ठेकेदारको मात्र काम होइन, गाउँवासीको पनि ठूलो हात हुनुपर्छ।”
राजनीतिमा हिलो छेपाई हुन्छ। विपक्षको हिलो छेपाईले आफ्नो काम नरोकिने बताउँदै उनले फेरि भने, “विपक्षले मलाई चारैतर्फबाट हिर्काई रहेको हुन्छ। तर मलाई यस्तो सानो तिनो हिर्काईले मलाई केही हुँदैन। हामीले सुन ल्यायौं भने पनि सुनलाई पित्तल भन्छन् उनीहरू।”
उनले पुनः भने, “हामीले पञ्चायती व्यवस्था ल्याउँछौ भनेर वचन दिएका थियौं। पञ्चायत चुनाव अब चाँढ़ै हुनेछ। कुर्सीमा धक्का लाग्छ भन्ने डरले पञ्चायती व्यवस्था नै हटाएको पहाडको इतिहास छ। हामीले त्यो डरलाई पनि हटाई दियौं।”
शिलान्यासपछि उनले पत्रकारहरूसँग पनि बातचीत गरेका थिए। यस क्रममा जल जीवन मिशन विवादमाथि सोधिएको प्रश्नको उत्तर दिँदै भने, “जल जीवन मिशनमा विवाद चाहिँ होइन, विवाद बनाईएको हो। म चाहिँ मानिसहरू जागरुक भएको देख्छु। यही जागरूकताले काम गुणात्मक भएर जानेछ। हरेक योजनालाई सफल बनाउन भिलेज लेभल कमिटी बनाउनेछौं।”

राजु बिष्टले सय दिने रोजगार मैले रोकेको हुँ भन्ने बयानमाथि सोधिएको प्रश्नमा उनले भने, “भोट दिएर, माया गरेर सांसद बनाएर पठाउने हाम्रै मानिस हुन्। उहाँले केन्द्रबाट पैसा ल्याउनु पर्ने हो कि पैसा रोक्नु पर्ने हो? यो कुरा पहाडवासीले पनि बुझ्नु पर्छ। राजु विष्टलाई मानिसले वास्तवमा गोर्खाल्याण्डको निम्ति भोट दिएको हो। उहाँले नै चौरस्तामा उँभिएर, महाकाल बाबाको कसम खाँदै गोर्खाल्याण्ड ल्याउँछु भनेको हो। उहाँको जिम्मेवारी गोर्खाल्याण्ड थियो तर किन जिम्मेवारीदेखि भाग्दैछन्।
उहाँ सांसद भएर पहाडलाई धेरै कुरा दिनु पर्ने हो तर रोक्नुपट्टि लागेका छन्। सय दिने रोजगारको पैसा श्रमिकको ब्याङ्क खातामा जान्छ। अब श्रमिकले नै धाँधली गर्यो भन्नु सुहाउँदैन। उनीहरूको दुःख कस्तो छ होला!’

जीटीएमा भ्रष्टाचार छ भन्ने विपक्षीको आरोपमाथि उनले भने, “भ्रष्टाचार हल्ला मात्र हो। यो केवल आरोप हो। कुनै प्रमाण छैन। हामीले लुकाएर कुनै काम गरेका छैनौं। एक अर्कालाई आरोप लगाउने भारतमा नै चल्ने राजनीति हो।’ उनले अघि भने, ‘ममाथि ७% कमिसनको आरोप लगाउने भाइले आफै केही भनेका छैनन्। उसको बद्ली एकजना कुन भाई बोल्दै थिए। उसले मेरो अघि उँभिएर मेरै मुखमा भनोस् न। म यस्तो लाञ्छानादेखि हल्लिने व्यक्ति होइन। मलाई प्रमाण सहित भनोस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement