५१० जोड़ी आदिवासी दम्पत्तिको सामुहिक विवाह सम्पन्न

IMG-20220608-WA0103.jpg

कालचिनी। आज पूर्वघोषित कार्यसूची अनुरुप मुख्यमन्त्री ममता ब्यानर्जीको महत अनुपस्थितिमा कालचिनी खण्डको हाँसीमारा वायुसेना छाउनी संलग्न सुभाषिनी मैदानमा आज अलिपुरद्वार, जलपाईगुड़ी र कोचबिहार जिल्लाको केही आदिवासी जोड़ी मिलाएर जम्मा ५१० जोड़ी आदिवासी दम्पत्तिको सामुहिक विवाह आदिवासी पारम्परिक सरना धर्म रिती रिवाजअनुसार सम्पन्न भएको थियो। मुख्यमन्त्रीको आगमन अघि नै आदिवासी जोड़ीहरूको विवाह कार्यक्रम चलिरहेको थियो भने मुख्यमन्त्री ममता ब्यानर्जी कार्यक्रम स्थलमा प्रवेश गर्ने बित्तिकै तिनले आदिवासी गण विवाहको जोड़ी दम्पत्तिहरूलाई घुमेर शुभकामना दिएकी थिईन् भने मञ्चमा प्रवेश गर्ने बित्तिकै आदिवासी पारम्परिक नृत्य टोलीहरूसित हातमा हात मिलाएर आदिवासी तालमा नाचेकी थिईन। मञ्चको सञ्चालकद्वय आदिवासी सादरी भाषामा डा. कमल कुजुर र बाङ्गलामा उत्सेन्दु तालुकदारले कार्यक्रम सञ्चालन गरेको थियो भने मञ्चमा प्रवेश गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई आदिवासी महिला फूटबल लेडी सोनाली खाल्को (सीभीएफ) ले स्वागत जनाएकी थिईन।

स्वागत भाषण अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले राख्दै अलिपुरद्वार जिल्लाको विभिन्न योजनाको उद्घाटन र शिलान्यास मुख्यमन्त्रीले रिमोट माध्यममा गरेकी थिईन। अलिपुरद्वार जिल्लाको ६ वटा ब्लकहरुको जम्मा ३७ वटा विभिन्न प्रकल्पहरूको उद्घाटन साथै २८ वटा कार्यको शिलान्यास सम्पन्न गरेपछि मञ्चबाट मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट सुकुमबासीहरूलाई पट्टा, रुपश्री, कन्याश्री र लक्ष्मी भण्डार साथै डुवर्स मह खेतीको टोकन वितरण गरिएको थियो। डीजीपी पश्चिम बङ्गालले स्वागत वक्तव्य दिएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले हर्षित मुद्रामा आदिवासी जोड़ीको समावेशलाई जय जोहारको सम्बोधन गर्दै आदिवासीहरूको विकासको निम्ति राज्य सरकार कटिबद्ध रहेको र आदिवासीको जमीनको अधिकारको कानुन पनि राज्य सरकारले पारित गरेको बताउँदै आदिवासियों समाजको केटा केटीहरू अहिले आईएएस, आईपीएस, डब्ल्युबीसीएस इन्जिनियरिङ र डाक्टर बनिरहेको र राज्य सरकारले हरेक सुविधा आदिवासीको विकासको निम्ति प्रदान गर्न पछि नहटेको बताएकी थिईन। यस अघि मञ्चमा आसिन आदिवासी विकास मन्त्री बुलुचीक बडाईक र राज्यमन्त्री बिरबाहो हाँसदाले आदिवासीहरुको विकासको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीको सरकार लागिपरेको र यस समय आदिवासीहरू सचेत बन्नु पर्ने आह्वान गरेको थियो।

स्मरण गराइन्छ, आज सम्पन्न आदिवासी सामुहिक गण विवाह कार्यक्रम पुलिस विभागको कम्युनिटी पुलिसिङ अन्तर्गत रहेको थियो भने यसको निम्ति आज अलिपुरद्वार, जलपाईगढी र कोचबिहार जिल्लाको पुलिस अधिकारीहरूको देखरेखमा कार्यक्रम सम्पन्न भएको थियो। यता कार्यक्रममा सहभागी आदिवासी नवदम्पत्ति जोड़ीहरूले मुख्यमन्त्री ममता ब्यानर्जीलाई ह्रदयबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement